विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले यसैबर्ष भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गराएको छ ।
चितवनको सौराहामा रहेको बाटिका रिर्सोटमा एक भव्य कार्यक्रम विच यसैबर्ष भर्ना विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्धघाटन पब्लिक क्याम्पस महासंघका महासचिव चिरन्जीवी श्रेष्ठले गरेका थिए ।
अभिमुखिकरण कार्यक्रममा सहभागी विद्यार्थी तथा अतिथिहरुलाई कलेजका डाईरेक्टर भेषराज पोखरेलले स्वागत मन्तव्य राख्दै स्वागत गरेका थिए । अभिमुखिकरण कार्यक्रममा विद्यार्थीलाई विश्वविद्यालयको शैक्षिक परार्मशसँगै विद्यार्थीलाई आचारसंहिता र नैतिक आचरणबारे जानकारी समेत गराइएको थियो ।
कलेजका डाईरेक्टर ज्ञान बहादुर खड्काको अध्यक्षता भएको कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्नको लागी हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो प्रस्तुती प्रदान गरेका थिए । उनले अहिलेको सम समायिक विषयमा हास्यब्याङ्ग गर्दै उपस्थित सबैलाई मनोरन्जन प्रदान गरेका थिए । कलेजले गजुरेललाई हरेक बर्ष कार्यक्रममा बोलाउने गरेको छ ।
कार्यक्रममा यस अघि कलेजले आयोजना गरेको प्रि युनिभर्सिटी क्लासमा खेलाईएको विभिन्न वौद्धिक खेलहरुको विजेताहरुलाई नगद क्रमस १५, १० र ५ हजार नगद सहित पुरस्कार प्रदान गरिएको थियो । अभिमुखी करण कार्यक्रममा कलेजका डाईरेक्टर भेषराज पोखरेल,शैलेन्द्र शिवाकोटी , ज्ञान बहादुर खड्का , लक्ष्मण ढकाल लगायत कलेजका विभिन्न विभागीय प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
कलेजले १२० जना भन्दा बढी विद्यार्थीहरुलाई जंगल सफारी, थारु संस्कृति अवलोकन तथा विभिन्न रिफ्रेसमेन्ट प्रस्तुतिहरुको अवलोकन गराईएको कजेजका व्यावस्थापन प्रमुख भुपाल मिश्रले जानकारी दिए ।
कलेजमा विएचएम. विआइएम, विसिए, वि.एस.सि. सिएसआइटि कार्यक्रमहरूमा संचालन हुदै आएका छन् ।