विराटनगरको नोबेल मेडिकल कलेज सामाजिक सुरक्षा कोषमा उत्कृष्ट भएर सम्मानित

<span class='c1'>विराटनगरको नोबेल मेडिकल कलेज सामाजिक</span> <span class='c2'>सुरक्षा कोषमा उत्कृष्ट भएर सम्मानित</span>

काठमाडौँ मेडिकल कलेज केएमसी काठमाडौँ र नोबेल मेडिकल कलेज मोरङ सम्मानित भएका छन् ।

छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९–८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल भएको भन्दै नोबेल मेडिकल कलेजलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

त्यस्तै बागमती प्रदेश अन्तर्गत कोषमा सूचीकृत योगदानकर्तालाई स्वास्थ्य सेवा प्रवाह गरेको संख्याको आधारमा उत्कृष्ट दुईभित्र रहन सफल भएको भन्दै केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

काठमाडौँमा विशेष कार्यक्रम गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई मेडिकल कलेजलाई सम्मान गरेको हो ।

केएमसीका तर्फबाट क्षितिज निरौला र नोबलको तर्फबाट नारायणप्रसाद दाहालले सम्मानपत्र ग्रहण गरेका थिए ।

दुवै मेडिकल कलेज नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनील शर्माका हुन् । शर्माले सम्हालेपछि दुवै अस्पतालले नागरिकलाई सहुलियतमा सेवा दिइरहेका छन् ।

हालसम्म कति छन् सामाजिक सुरक्षा कोषमा ?
सामाजिक सुरक्षा कोषमा हालसम्म नौ लाख २८ हजार ४५३ व्यक्ति र १८ हजार ४३९ संस्थाहरु आवद्ध भएका छन् ।

सरकारले प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरेको छ । सोहीअनुसार आज सामाजिक सुरक्षा दिवस मनाइएको हो ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, अतिरिक्त योगदान र प्रतिफल गरी ६ सुरक्षा योजना मानिसहरू जोडिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्