‘म नागरिक म बनाउँछु नेपाल’ क्याम्पेन विराटनगरबाट सुरु

‘म नागरिक म बनाउँछु नेपाल’ क्याम्पेन विराटनगरबाट सुरु

विराटनगर । नेपाल रिपब्लिक मिडियाले उपत्यका बाहिर विराटनगरबाट क्रियटिभ क्याम्पेन सुरू गरेको छ । आइतबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विराटनगरबाट क्रियटिभ क्याम्पेन सुरू गरेको हो ।

युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले ‘म नागरिक म बनाउँछु नेपाल ’ भन्ने नाराकासाथ सुरू गरेको क्याम्पेनमा विराटनगरका विभिन्न कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो । क्याम्पेनको सुरूवाद गर्दै नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले अबको नेपाल कस्तो बनाउने भन्ने बारे युवाहरूबाट आइडिया लिने उद्देश्यले नेपाल रिपब्लिक मिडिया प्रालिले क्याम्पेनको आयोजना गरेको जानकारी दिइन् । ज्ञवालीले भनिन्‘युवाहरूलाई कस्तो नेपाल चाहिन्छ भन्नेबारे युवाहरूबाटै आइडिया लिने उद्देश्यले क्याम्पेनको सुरूवाद गरिएको हो ।’ ज्ञवालीले देश कसरी बनाउने भन्नेबारे आइडिया वा साना भिडियो बनाएर पठाउन विराटनगरका युवा तथा विद्यार्थीहरूलाई आग्रह गरिन् । आइडिया पठाउँदा १६ देखि २६ वर्ष मुनिका युवा तथा विद्यार्थीहरू सहभागिहुनसक्ने छन् । उत्कृष्ट आइडियालाई पुरस्कारको पनि व्यवस्था गरिएको ज्ञवालीले जानकारी दिइन् ।

कार्यक्रममा पूर्व बैंकर अनिल केसरी शाहले परिवर्तनको सुरुवाद आफैंबाट गर्नुपर्ने बताए । उनले अरुजस्तो बन्ने नभई आफ्नो छुट्टै पहिचान बनाउन युवाहरूले कोशिस गर्नुपर्ने बताए । शाहले भने‘अर्काको नक्कल गर्ने नभई आफ्नै क्षमतालाई तिखार्नुपर्छ ।’ देशमा केहि गरेर देखाउने जोश युवामा हुनुपर्ने शाहले बताए । शाहले देश बनाउने अभियानका साथ नेपाल रिपब्लिक मिडियाले सुरू गरेको देश बनाउने नविनतम आइडिया संकलन कार्यक्रमा सहभागि भई आफ्नो आइडिया पठाउन विद्यार्थीहरूलाई आग्रह गरे ।

शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले नेपालका विद्यार्थीहरूले विदेश जाने मोह त्यागेर देशमै केहि गर्छु भन्ने अठोट लिनुपर्ने बताए । उनले अठोट लिएर काम गरे नेपालमा प्रयाप्त अवसर रहेको बताए । नेपाल रिपब्लिक मिडियाले देश बनाउने आईडिया युवा तथा विद्यार्थीबाट लिने कार्यक्रमको सुरूवाद गर्नु सहनिय कार्य भएको बताए । कार्यक्रममा विराटनगरका शिक्षादिप, मेरिल्याण्ड, हिमालय दर्शन, भानुकलेज लगायतका कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्