विराटनगरमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ‘एक्स्पो’, फेस्टिभ मुभमेन्ट

विराटनगरमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ‘एक्स्पो’, फेस्टिभ मुभमेन्ट

विराटनगर । विराटनगरमा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आयोजना हुने भएको छ । मोरङ व्यापार संघको आयोजनामा अन्तराष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गरिने तय भएको हो ।

‘नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तर प्रादेशिक व्यापार संभावना उत्पादन र सेवाहरुको अन्तराष्ट्रिय बजार विस्तारको लक्ष्य राखिएको छ’ एक्स्पो आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भन्नुभयो–आर्थिक गतिविधि शिथिल भईरहेको बेला एउटा उर्जा दिने अपेक्षा राखेका छौं । स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढाउने उद्देश्यले क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई एक्स्पोमा ‘फेस्टिभ मुभमेन्ट’ बनाईने दावी आयोजकको छ ।

साढे तीन करोडको लागत अनुमान गरिएको एक्स्पोमा २५० स्टल राखिने भएको छ । विराटनगर–२ शंकरपुर मार्गको खुल्ला क्षेत्रमा आयोजना गरिने एक्स्पोमा जर्मन प्रविधिको ह्याङगर र अक्टानम स्टल तयार पारिने भएको छ । एक्स्पोमा भारत, बंगलादेश र पाकिस्तानका उद्योगको उत्पादन समेत राखिने भएको छ ।

एक्स्पोमा नेपाली घरेलु तथा कृषि उत्पादनको बजार प्रवर्दनका लागि दश वटा स्टल निःशुल्क उपलब्ध गराईने मेला आयोजक समितिका संयोजक एवं संघका उपाध्यक्ष अनिल साहले जानकारी दिनुभएको छ । घरेलु, मझौला तथा ठूला उद्योगको उत्पादन, प्रदेश भित्रका पर्यटकीयस्थलको पहिचान झल्कने संरचनाहरु समेत तयार पारिने भएको छ ।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै एक्स्पोमा नेपाल र भारतका चर्चित कलाकार समेत उपस्थित गराईने जानकारी दिइएको छ । दशदिनसम्म सञ्चालन हुने एक्स्पो अवधीभर चारलाख अवलोकनकर्ता सहभागि गराईने र १५ करोडको कारोबार गरिने लक्ष्य राखिएको छ ।
संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले सुनसरी–मोरङ औद्योगिक करिडोर चलायमान रहेको सन्देश दिने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको दावी गर्नुभयो । एक्स्पो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिथिल अवस्थामा रहेको आर्थिक गतिविधिलाई बृद्धि गर्ने उद्देश्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्