विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न

विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न

विराटनगर । विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) को आर्थिक तथा प्राविधिक सहयोग तथा विराटनगर टेबुल टेनिस क्लबको आयोजनामा पाँच दिने तालिम सम्पन्न भएको हो ।

विराटनगर ३ मा रहेको स्टेलर टेबुल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न भएको तालिममा आइटीटीएफ लेभल २ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक बिकेन थापाले अन्डर ११ र १३ का ३५ जना छात्र छात्रा प्रशिक्षार्थीहरुलाई चार दिन प्रशिक्षण र पाचौं दिन प्रतियोगीतामा सहभागी गराएका थिए ।

प्रशिक्षणमा टेबुल टेनिसको महत्वपूर्ण पक्ष फिजिकल, टेक्निकल, ट्याक्टिकल, साइकोलोजी बारे विस्तृत रुपमा प्रशिक्षण गराएका थियो । अन्य महत्वपूर्ण शीर्षक जस्तै फिजीकल प्रीपेरेसन,जेनरल प्रीपेरेसन, स्पेसिफिक प्रीपेरेसन, भिडियो एनालाइसिस, क्वान्टिटेटिव र क्वालिटेटिव एनालाइसिस, मेन्टल ट्रेनिङ, भिजुवल र ट्याक्टिकल पर्सेप्सन, स्पेस टाइम पर्सेप्सन, अडिटरी पर्सेप्सन, टेक्टाइल पर्सेप्सन, मेन्टल रिहर्सल,एरोबिक र एनेरोबिक ट्रेनिङ, कोओर्डिनेसन, लाइटवेट र स्पीड ट्रेनिङ बारे प्रशिक्षार्थीहरुलाई सिकाइएको प्रशिक्षक बिकेन थापाले बताए ।

तालिमको अन्तिम दिन आयोजना गरिएको टेबुल टेनिस प्रतियोगीतामा अन्डर ११ छात्रातर्फ मानसी तामाङ प्रथम, इशिका अग्रवाल द्वितीय, सान्दर्भी अधिकारी र प्राप्ति सेढाइ संयुक्त रुपमा तृतीय भएका थिए । त्यसैगरी अन्डर ११ छात्रतर्फ बिदर्भ गौतम प्रथम, विख्यात अग्रवाल द्वितीय, आयुद्द भण्डारी र आदिप्त गुरागाई तृतीय भएका थिए । भने अन्डर १३ छात्रा एकलतर्फ बिज्ञता थापा प्रथम, अक्षता बजगाइ द्वितीय, दीना सुवेदी र आस्था खड्का तृतीय भए । त्यसै गरि अन्डर १३ छात्रतर्फ पृथक राज राई प्रथम, आदर्श राजवंशी द्वितीय, केविन लामा र सोहम अग्रवाल संयुक्त रुपमा तृतीय भए ।

विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथी अमृत अर्यालले ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्