कोशी अस्पतालका कुरुवालाई निःशुल्क खाना वितरण

<span class='c1'>कोशी अस्पतालका कुरुवालाई</span> <span class='c2'>निःशुल्क खाना वितरण</span>

विराटनगर। कोशी अस्पताल विराटनगरमा उपचारत बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराइदै आएको छ ।

‘नरसेवा नारायण सेवा’ नामक संस्थाले निःशुल्क बिरामीका कुरुवाहरुलाई खाना वितरण गर्दै आएको हो।

असोज २८ गते घटस्थापनाको दिनदेखि अस्पताल भित्र निःशुल्क खाना तथा खाजा वितरण गर्दै आएको उक्त संस्थाले जनाएको छ। दैनिकी रुपमा खाना वितरण गर्दा ११ हजार रुपैयाँ खर्च हुने संस्थाका अध्यक्ष देवकीनन्दन अग्रवालले बताए ।

खाना वितरण कार्यलाई निरन्तरता दिनुका साथै कम्तीमा पनि १२ महिनासम्म यो कार्यक्रम चल्ने अग्रवालको दाबी छ । महिनाको १६ दिन जति सहयोगी दाताहरुले नै रकम सहयोग गर्ने गरेको संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्