विराटनगरमा भ्रामक/मिथ्या सूचना विरुद्धको कार्यशाला हुने 

<span class='c1'>विराटनगरमा भ्रामक/मिथ्या सूचना</span> <span class='c2'>विरुद्धको कार्यशाला हुने </span>

विराटनगर । विराटनगरमा भ्रामक/मिथ्या सूचना विरुद्धको कार्यशाला हुने भएको छ ।

नेपालस्थित अमेरिकी दुतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह, प्रोजेक्ट जागरणले भ्रामक/मिथ्या सूचना विरुद्ध युवाहरुलाई सशक्त पार्ने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको हो ।

यहि मंसिर १४ र १५ गते विराटनगरस्थित शिक्षादीप कलेज र अरनिको कलेजमा कार्यशाला आयोजनाको तयारी हुँदैछ । कार्यशालामा युवा परिषदमा आबद्ध युवाहरुले भ्रामक/मिथ्या सूचना विरुद्ध तयार पारेका सामाग्रीहरु प्रस्तुत गर्नेछन् । करिब दुई घण्टासम्म चल्ने कार्यशालाका सहभागिहरुले सहि सूचना र मिथ्या सूचनाबीचको फरक छुट्टयाउन विभिन्न विधीहरु समेत सिकाइने छ ।

मंगलबार बिहान पत्रकारहरुसँगको भेटघाटमा प्रोजेक्ट जागरणकी संयोजक श्रृजा खनालले मिथ्या सूचनाको प्रभाव केही हदसम्म न्यून गर्न प्रोजेक्ट जागरण सुरु गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्