सुर्तीजन्य पदार्थ नियन्त्रण : विराटनगरमा हल्ला, काठमाण्डौंमा निषेध गर्ला

सुर्तीजन्य पदार्थ नियन्त्रण : विराटनगरमा हल्ला, काठमाण्डौंमा निषेध गर्ला

विराटनगर । गत साउनदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गर्ने निर्णय गरिएको थियो । विराटनगरमा सुर्तीजन्य वस्तु सार्वजनिकस्थलमा बिक्री वितरणमा निषेध गरिएको चार महिना पुग्दा काठमाडौँ महानगरपालिकाले समेत यस्तै निर्णय गरेको छ ।

सूर्तीजन्य पदार्थहरुको बिक्री वितरणमा निषेध गर्न १५ दिने सूचना प्रकाशन गरेर काठमाडौँ महानगरपालिकाले प्रतिबन्ध लगाउन थालेको छ । उनले निर्णय गरेको १५ दिनमै कार्यान्वयनमा ल्याएको यो नीतिलाई विराटनगरमा भने हल्ला बढी काम थोरै देखिएको छ ।

विराटनगरमा निषेध गरेको चार महिना पुरा हुँदासम्म कार्यान्वयन गर्न सकेको छैन । विराटनगर महानगरपालिकाले सुर्तिजन्य पदार्थ बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० जारी समेत गरेको छ । ऐन जारी गरेपछि सार्वजानिक रुपमा यसको बिक्री वितरणमा केहि सुधार भएको छ । तर, सबै किसिमका पसलबाट भित्रभित्र भने बिक्री भइरहेको छ ।

सेवनकर्ताले सार्वजनिकस्थलमा सेवन गर्ने लत अझैं छुटाएका छैनन् । विराटनगर महानगरपालिकाले समेत नियन्त्रणमा खास चासो देखाएको छैन । महानगरपालिका प्रमुख नागेश कोइरालाले भने पहिलेको तुलनामा केहि हदसम्म नियन्त्रणमा आएको दावी गरेका छन् ।

यसैगरी महानगर प्रहरी प्रमुख राजन पौडेलले नियमित अनुगमन गरिरहेको दावी गरे । उनले विभिन्न समयमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको बताएका छन् ।

यदि नियमित अनुगमन गरिएको भए जथाभावी पसलबाट बिक्री वितरण नहुनुपर्ने हो । महानगरले जारी गरेको ऐनको परिच्छेद ५ को दफा १२ मा कसैले ऐन विपरित सार्वजानिक स्थलमा धुम्रपान वा सुर्ति सेवन गरेमा तोकिएका निरीक्षकले सजाय र जरीवाना गर्नसक्ने प्रावधान छ ।

सूर्तिजन्य, पदार्थहरु बिक्री वितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकोले महानगरका सडकपेटि लगायत हरेक पसल अगाडी यसको फोहोरबाट प्रष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्