विराटनगरमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अनुगमन सुरु

विराटनगरमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अनुगमन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तिजन्य पदार्थ (बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यन्वयनमा ल्याउन अनुगमन सुरु गरेको छ ।

महानगरपालिकाले आफैंले जारी गरेको ऐन विपरित जताततै सुर्तीजन्य पदार्थ बिक्री वितरण भईरहेको जनगुनासो आएको भन्दै महानगरपालिकाले बिहीबारदेखि अनुगमन सुरु गरेको हो ।

महानगरपालिका नगर प्रहरी प्रमुख राजन पौडेलले चौतर्फी गुनासो आएपछि अब प्रत्येक पसलमा अनुगमन गरेर बिक्रीका लागि राखेको पाइएमा कारवाही गरिने दावी गरेका छन् । महानगरपालिकाले जारी गरेको ऐनमा सार्वजानिकस्थल आसपास यसको कारोबार गर्नै नपाईने उल्लेख छ । त्यस बाहेक पान मसला बाहेक सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाईने व्यवस्था रहेको छ ।

बिहीबार अनुगमनका क्रममा विराटनगर–५ को एउटा पसलबाट एक प्याकेज भोला बरामद गरेर नियमानुसारका कागजातसहित कार्यालयमा उपस्थित हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्