अपाङ्गता दिवसको पूर्व सन्ध्यामा सामर्थ्य समाजद्वारा विराटनगरमा दीप प्रज्वलन

<span class='c1'>अपाङ्गता दिवसको पूर्व सन्ध्यामा सामर्थ्य</span> <span class='c2'>समाजद्वारा विराटनगरमा  दीप प्रज्वलन</span>

विराटनगर । अपाङ्गता दिवसको पुर्व सन्ध्यामा विराटनगरको ट्राफिक चोकमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।

सामर्थ्य समाज विराटनगरको आयोजनामा तथा विराटनगर महानगरपालिकाको सहयोग ,राष्ट्रिय अपांग महासंघ कोशी प्रदेशको समन्वय र सहकार्यमा भोलि डिसेम्बर ३, अन्तराष्ट्रिय अपाङ्गता दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गरिएको हो।

"दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपांगता भएका ब्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता भएका ब्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता" भन्ने मुल नाराका साथ सामर्थ्य समाज ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गरी
कार्यक्रमको विधिवत रुपमा सुरुवात गरेको छ ।

त्यसैगरी भोलीको पहिलो कार्यक्रम बिहान ७ बजे ट्राफिक चौकबाट प्रभातफेरी सुरु भएर रोडशेष चोक हुँदै कंचनजङ्गा पार्टी प्यालेसमा पुगेर खुल्ला बहस कार्यक्रम गरिनुका साथै अपाङ्गता भएका ब्यक्तिहरुका लागि आरोहण गुरुकुल हाटखोलामा नि:शुल्क नाटक प्रदर्शन गराइने सामर्थ्य समाज विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्