विराटनगर–११ को स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्वको छापा

विराटनगर–११ को स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्वको छापा

विराटनगर । विराटनगर–११ जनपथ टोलस्थित स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धान विभागको टोलिले अनुसन्धान सुरु गरेको छ । विभागबाट खटिएको टोलिले कपडा सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण अनुसारको मालवस्तु गणना सुरु गरेको हो ।

राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यका अनुसार भन्सार छली गरेर मालवस्तु स्कट भएको आशंकाका आधारमा विभागको टोलि आफैंले अनुसन्धान सुरु गरेको हो । भन्सार छलीका मालवस्तु स्टक हुने गरेको सूचनाका आधारमा विभागको टोलिले आयात परिमाण, खरिद–बिक्री खाता र स्टक परिमाणको अध्ययनसँगै कागजातका आधारमा स्टक गणना समेत गर्नेछ ।

सञ्चालक सन्जिव भगतले भने ठूलो परिमाणमा मालवस्तु आयात गरेका आधारमा राजस्व अनुसन्धानले दुःख दिने हिसाबले बारम्बार छापा मार्ने गरेको आरोप लगाएका छन् । उनले औपचारिक बाटोबाट दश करोड बढीको मालवस्तु भित्र्याएर स्टक गरिएको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्