डाइनामिक पब्लिक लाइब्रेरी विराटनगरको अध्यक्षमा अनुज दाहाल

डाइनामिक पब्लिक लाइब्रेरी विराटनगरको अध्यक्षमा अनुज दाहाल

विराटनगर । डाइनामिक पब्लिक लाइब्रेरी विराटनगरको अध्यक्ष पदमा विराटनगरका अनुज दाहाल निर्वाचित भएका छन् ।

नव निर्वाचित बोर्डमा वरिष्ठ उपाध्यक्षमा प्रशान्त घिमिरे , महा-सचिबमा ममता रिमाल निर्वाचित भएका हुन् । उपाध्यक्षमा विनय कोइराला ,राशिका गेलाल निर्वाचित भए । त्यस्तै निर्देशकमा प्रफुल्ल कट्टेल , रिवाज खतिवडा , चुडामणि अधिकारी र प्रतीक्षा न्यौपाने निर्वाचित भएको निर्वाचन आयुक्त सुरज सिंह ठकुरीले जानकारी दिए ।

युवाहरुमा पठन संस्कृतीको बिकाससगै नेतृत्व निर्माण गर्दै वडा वडामा पुस्तकालय स्थापनाका लागि कार्य गर्ने नव निर्वाचित अध्यक्ष अनुज दाहालले जानकारी दिए ।

डाइनामिक पब्लिक लाइब्रेरी दमकका भेषराज नेउपानेले सन २०१२मा दमकमा स्थापना गरेका थिए भने हाल देशका १३ स्थानमा यसका शाखा रहेको वरिष्ठ उपाध्यक्ष प्रशान्त घिमेरले बताए ।

कार्यक्रमका अतिथी एम्बुलेन्स चालक संघका नव निर्वाचित अध्यक्ष दिनेश सुबेदीले डाइनामिक पब्लिक लाइब्रेरी बिराटनगरका सदस्यलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरे ।

निर्वाचित पदाधिकारीहरुको कार्यकाल जनवरी १ देखि सुरु हुने र सोही महिना निर्वाचित पदाधिकारी तथा मनोनीत पदाधिकारीहरुको पदस्थापना कार्यक्रम आयोजना गरेर पद हस्तान्तरण गरिने बर्ष २०२३का अध्यक्ष प्रवेश दुलालले बताए ।

मनोनीत हुने पदाधिकारीहरुमा कोषाध्यक्ष , सह कोषाध्यक्ष सह सचिव र संयोजकहरु अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।

विराटनगरको व्हाइट हाउस थकाली किचेनमा आयोजित साधारणसभामा पदाधिकारी , सद्स्य , राष्ट्रिय पदाधिकारीहरु र लाइब्रेरी प्रती शुभेच्छा राख्ने विभिन्न ब्यक्तित्वको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्