विराटनगरमा ‘रानी मिनी महोत्सव २०८०’ हुने

<span class='c1'>विराटनगरमा ‘रानी मिनी</span> <span class='c2'>महोत्सव २०८०’ हुने</span>

विराटनगर । विराटनगरको मिल्स एरियामा 'रानी मिनी महोत्सव २०८०' हुने भएको छ ।

मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा मंसिर २० गतेदेखि पुष २० गतेसम्म महोत्सव लाग्ने भएको हो ।

महिनादिनसम्म लाग्ने महोत्सवमा एक दर्जन बढी स्टलहरु रहने महोत्सव संयोजक मिलन थापाले जानकारी दिए । मिल्स भेट्रान्स क्बलले राष्ट्रिय स्तरको खेलाडीहरु उत्पादन गर्नको लागि विराटनगर जुट मिल्सको खेल मैदानमा एक वर्षदेखि १५ देखि १६ वर्ष माथिका बालबालिकाहरुलाई प्रशिक्षण गराउँदै आएका छन् । नियमित ७० देखि एक सयसम्म साना बालबालिकाहरु प्रशिक्षणमा रहेका छन् ।

खेलकुद क्षेत्रको विकास गर्दै साना बालबालिकाहरुलाई राष्ट्रिय स्तरसम्म पुग्ने खेलाडी उत्पादन गर्नको लागि सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको मिल्स भेट्रान्स क्लबका अध्यक्ष इन्द्र राज थापाले जानकारी दिए । महोत्सवबाट आम्दानी भएको रकम खेलाडीहरुको प्रशिक्षण खर्च गरिने उनले बताए ।

महोत्सवमा मनोरञ्जनत्मक कार्यक्रमहरु हुने भएको छ । दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरुबाट मनोरञ्जन प्रदान गर्नुको साथै हस्तकलाका सामाग्री, खाद्य र मनोरञ्जनका स्टलहरु रहने महोत्सव संयोजक थापाले बताए । महोत्सवमा दैनिक २ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्