मोरङ-सुनसरी करिडोरका स्थानीय सरकार तथा स्थानीय उद्योगी व्यवसायी बीच अन्तरक्रिया

<span class='c1'>मोरङ-सुनसरी करिडोरका स्थानीय सरकार तथा</span> <span class='c2'>स्थानीय उद्योगी व्यवसायी बीच अन्तरक्रिया</span>

विराटनगर । मोरङ-सुनसरी करिडोरका तीन वटा स्थानीयतहमा स्थानीय सरकार तथा स्थानीय उद्योगी व्यवसायी बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीप्रदेश र काठमाडौं स्थित कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिको सहकार्यमा लगानी प्रवद्र्धन र वातावरण संरक्षणका क्षेत्रमा सहकार्य प्रवद्र्धनमा केन्द्रित रहेर यस क्षेत्रका विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र बुढीगंगा गाउँपालिकामा छुट्टाछुट्टै अन्तरक्रिया आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले महानगरले उद्योगी व्यवसायीका समस्या सुन्दै र सम्भव भएसम्म माग पुरा गर्दै आएको दाबी गरे । उद्योग व्यवसायले सामाजिक उत्तरदायीत्व निर्वाह नगर्दा वातावरण संरक्षण मात्र नभई शहरी सेवा व्यवस्थापनमा समेत समस्या भोग्नुपरेको गुनासो गरे ।

स्थानीय उद्योगी व्यवसायीले भने महानगरपालिकाले सहकार्यका अग्रसरता देखाउन, सामान्य बिरोधकै भरमा महत्वपुणर् निणर्यबाट पछि नहट्न, साना तथा घरेलु उद्योग प्रवद्र्धनमा थप लगानी गर्न आग्रह गरेका थिए । कार्यक्रममा महानगरपालिकाका प्रमुख कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले स्थानीय उत्पादन प्रवद्र्धनका लागि प्रदर्शनी स्थल निर्माण लगायतका कार्यमा निजी क्षेत्रसँग सहकार्य गर्न तथा साना र मझौला उद्योगको प्रवद्र्धनमा थप काम गर्न प्रयत्नशिल रहने प्रतिवद्धता व्यक्त गरे ।

कटहरी गाउँपालिकामा भएको सम्बाद कार्यक्रममा इट्टा लगायतका स्थानीय उद्योग व्यवसायले ग्रामिण अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको भए पनि स्थानीय सरकारले त्यसलाई महत्वन दिएको बताएका थिए । राजस्व संकलन गर्दा साना, मझौला र ठूला उद्योगको बर्गीकरण नभएको, व्यवसाय करको दर अत्याधिक भएको लगायतका गुनासो गरेका थिए । कतिपय सहभागीले ठूला उद्योगमा ठेक्काको माध्यमबाट श्रमीक लगाउने अभ्यास बढाएको कारण श्रमीकको हक अधिकार संकुचित भएको दावी गरेका थिए ।

कार्यक्रममा बोल्दै कटहरीका अध्यक्ष देवराज चौधरीले उद्योग सञ्चालनमा सहजीकरण गरिरहेको, भूमिबर्गीकरण गरी उद्योग र बस्त बीचको समस्याको दीगो समाधानको प्रयास गरिएको र उद्योगीको समस्यालाई मध्यजर गरी राजस्वका दरहरु परिमार्जन गरिएको बताए ।

बुढीगंगा गाउँपालिकामा भएको अन्तरसम्बाद कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले उद्योगीहरुले उद्योग सञ्चालनका न्यूनतम मापदण्ड पुरा नगरेको र प्रदुषण अत्याधिक गरेको बताए ।

सामाजिक उत्तरदायित्व निर्वाहमा उद्योगहरु उदासिन रहेको पनि मगरले बताए । औद्योगिक प्रदुषणको असर कम गर्न उद्योग परिसरमा वृक्षारोपण गर्ने उद्योगीलाई बिरुवाको संख्याका आधारमा व्यवसाय कर छुट दिने नीति अघि सारिएको, उद्योगीको समस्या समाधानका लागि लचकता अपनाइएको, दक्ष जनशक्ति निर्माणमा लगानी गरिएको जस्ता विषयमा गाउँपालिकाका अध्यक्ष लगायतका प्रतिनिधीहरुले जोड दिएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्