विराटनगर । जाडोको मौसम सुरु भएसगै न्यानो कपडाको माग बढ्नु पर्ने हो । तर, विराटनगरका व्यापारीहरु कवडा बिक्री नहुँदा चिन्तित मात्रै नभई थप माल मगाउने योजनामा समेत नरहेको बताउँछन् ।
व्यापार नहुँदा पसलमा जाडोको नयाँ कपडा थप्न मन नलागेको ब्यापारीहरु बताउछन् । विगत सात बर्षदेखि कपडाको व्यापार गर्दै आएका २८ वर्षीय दिपक पाण्डेका अनुसार जोगबनी नाका खुल्ला भएकोले धेरै जसो विराटनगरका नागरिक जोगबनी नै गएर जाडोको कपडा खरीद गर्ने गरेको उनले बताए ।
विगतका वर्षहरुमा जस्तो मनखुशी हुनेगरी व्यापार नभएपनि यो आर्थिक मन्दीमा सन्तोषजनक व्यापार समेत नभएको व्यापारीको गुनासो रहेको छ ।
विगतका बर्षहरुमा झैँ व्यार भएको छैन के नयाँ कपडा ल्याएर बेच्नु ४६ वर्षीय शिव शम्भु साहले बताए ।
व्यापार नभएपनि केहि कपडा मगाएको व्यापारी कुन्दन देवले बताए । व्यापार नहुने हो भने सटर भाडा तिर्न समेत गाह्रो हुने व्यापारीहरु बताउछन् ।
सिमा नजिकै हुनु,विराटनगरको तुलनामा कपडाहरु सस्तोमा पाइने हुँदा ग्राहकहरु कपडा किन्न जोगबनी बजार जाने गरेका छन्।