एमबिबिएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ८ जना विद्यार्थीलाई ग्रीनल्याण्ड कलेजको सम्मान

एमबिबिएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ८ जना विद्यार्थीलाई ग्रीनल्याण्ड कलेजको सम्मान

विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

मंगलबार कलेज परिसरमा एक कार्यक्रमको बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

कलेजका ईसान सिंह यादब, अमित यादब, रोहन कुमार प्रभाकर, सबिना चौधरी, अनमोल झा, कृपा खड्का, शत्रुधन साह र आकृति बस्नेतलाई कलेजले सम्मान गरेको छ । उनीहरुले एमबीबीएस अध्ययनको लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएकोले कलेजले सम्मान गरेको कलेजले जनाएको छ । उनीहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

एमबीबीएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने विद्यार्थी अमित यादबले कडा मेहनतको कारणले आज सफलता मिलेको बताए । लगनशील भएर अध्ययन गर्दा एक दिन सफलता मिल्ने उनले बताए। लक्ष्य लिएर पढदा एमबिबिएसमा नाम निकाल्न सफलता मिलेको उनले बताए । ‘कक्षा कोठा र घरमा नियमित १५ घण्टा पढदा एक दिन सफलता मिल्छ,’ उनले भने ।

यसैगरी एमबीबीएमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने अर्का छात्रा कृपा खड्का शिक्षकहरूले पढाइको र हाम्रो मेहनतको कारणले सफलता मिलेको सुनाइन् ।

कार्यक्रममा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरालाले काठमाडौँपछी विराटनगर शैक्षिक हबको रुपमा विकास भईरहेको बताए । अहिले युवा जनशक्ति विदेश पलायन भईरहेको जानकारी दिदै युवा पलायन रोक्न अबको शिक्षा रोजगारमुखी शिक्षा हुनुपर्नेमा जोड दिए । उनले आजको आवश्यकता प्राविधिक शिक्षा जरुरी भएको बताए ।

प्राविधिक ज्ञान भएका विद्यार्थी बेरोजगार बस्न नपर्ने भएकोले अबको प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्