विराटनगर । विराटनगर महानगरपालिका-७ स्थितमा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
बुधबार दिउँसो २ बजे सातघुम्तीस्थित कवाडी पसलमा अचानक आगलागी हुँदा विराटनगर-६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको हो ।
सुशिला पासवानको घटना स्थलमा नै मृत्यु भएको थियो । भने मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा र सुनिता कामतको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आगोमा परी घाईते भएका विराटनगर-६ का ५८ बर्षीय किशोर पासवान, ६० बर्षीया रिता सरदार र कटहरी गाउँपालिका-६ की ३० बर्षीया पिङ्की कामतको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचार भईरहेको छ ।
घाईतेहरुलाई नेपाली सेनाको एयर एम्वुलेन्सद्वारा उपचारको लागि लगिएको हो भने उक्त आगो ६ वटा दमकल, स्थानीयबासी र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको र आगलागिबाट करिव ४० लाख बरावरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।