ओबी मिडीयाका समाचार संयोजक प्रेम देवानमाथि दुर्व्यवहार

<span class='c1'>ओबी मिडीयाका समाचार संयोजक</span> <span class='c2'>प्रेम देवानमाथि दुर्व्यवहार</span>

विराटनगर । ओबी मिडीयाद्वारा संचालित आवर विराटनगरका समाचार संयोजक प्रेम देवानमाथि दुर्व्यवहार भएको छ ।

आज (बिहिबार) स्थानीयवासी र पिडित पक्षले आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै महानगरपालिका घेराउ गरेको थिए ।

सोही आन्दोलनको समाचार संकलनका लागि पुगेका देवानलाई आन्दोलन पक्षका केही समूहले दुर्व्यवहार गरेका हुन् ।
आन्दोलनपक्षले बारबार फोन गरेपछि समाचार संकलनका लागि आफू महानगर परिसर पुगेको देवान बताउछन् । उनले आफूलाई दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कारबाहीको माग समेत राखेका छन् । ‘आन्दोलन पक्षले बारबार फोन गरेपछि म समाचार संकलनका लागि विराटनगर महानगरपालिका पुगको हुँ, ’उनले भने,‘ पुग्ना साथ हातपातको प्रयास भएको हो ।’

घटनाको विषयमा नेपाल पत्रकार महासंघ मोरङ शाखा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश ,प्रेस युनियन मोरङ, प्रेस सेन्टर नेपाल मोरङ, प्रेस सेन्टर नेपाल कोशी प्रदेश र नेपाल आदीवासी जनजाति पत्रकार महासंघले समेत चासोको विषयमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्