आवर विराटनगरका समाचार संयोजक देवानमाथि आक्रमण गर्ने तीनजना विरुद्ध किटानी जाहेरी

<span class='c1'>आवर विराटनगरका समाचार संयोजक देवानमाथि आक्रमण</span> <span class='c2'>गर्ने तीनजना विरुद्ध किटानी जाहेरी</span>

विराटनगर । आवर विराटनगरका समाचार संयोजक पत्रकार प्रेम देवानमाथि सुनियोजित ढंगबाट आक्रमण गर्ने तीनजना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।

विराटनगर महानगरपालिका परिसरमा आन्दोलनरत पक्षमा सामेल भएका रमेश राय, अभिमन्यु यादव र मो.रायन विरुद्ध जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिईएको हो ।

विराटनगर-७ सातघुम्तीस्थित कवाडी गोदाममा गत बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकार उदासिन भएको भन्दै बिहिबार एउटा समुहले विरोध कार्यक्रम राखेको थियो । उक्त विरोध कार्यक्रमको समाचार संकलनका लागि बोलाएर महानगर परिसरमा देवानमाथि आक्रमण भएको थियो ।
आक्रमण सुनियोजित ढंगबाट गराइएको देखिएपछि फोन गरेर बोलाउने मो.रायन, कार्यस्थलमा धम्की दिदै भिडियो नखिच्न भन्ने अभिमन्यु यादव र देवानलाई नियन्त्रणमा लिएर घिसार्दै भीडतर्फ लैजाने रमेश राय विरुद्ध जाहेरी दिईएको पीडित देवानले जानकारी दिए ।

आक्रमणपछि नेपाल पत्रकार महासंघ, संघ तथा संगठनले घटनाको भत्सर्ना गरेका छन् । घटना भएकै दिन बुधबार रातीदेखि रिपोर्टिङका लागि भन्दै देवानलाई मो.रायनले बोलाएका थिए ।बिहिबार समेत उनले बोलाएर देवान महानगर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्