विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानरगपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान-१७ का २१ बर्षीय बाल कृष्ण खड्का र गौरादह नगरपालिका-४ झापाका ३८ हरी बहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो।

बिहिबार बिहान ८ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री खड्काको साथबाट प्रतिबन्धित औषधी नाइट्रोभेट- ५५ ट्याप्लेट र ठकुरीको साथबाट ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्