अत्याधुनिक भवनबाट विराटनगरको न्यूरो हस्पिटलको सुपरस्पेशियालिटी सेवा

अत्याधुनिक भवनबाट विराटनगरको न्यूरो हस्पिटलको सुपरस्पेशियालिटी सेवा

विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले विरामीलाई सुपरस्पेशियालिटी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न ६ तलाको भवनबाट सेवा सुरू गरेको छ । अत्याधुनिक उपकरणहरू जडान गरेर न्यूरोले नयाँ बनेको भवनबाट विरामीलाई सुपरस्पेशियालिटी सेवा सुरु गरेको हो ।

अस्पतालको नयाँ भवनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा रहेको अस्पतालको संरक्षण प्रदेश सरकारले गर्ने बताए । निर्धक्क भएर व्यवसाय गर्ने बातवरण सरकारले बनाउने उनले बताए । सरकार बलियो भए स्वास्थ्य संस्थाहरु दरिलो उनले उनले बताए ।

स्वास्थ्य सेवाग्राहीहरुको आवश्यक्ता तथा अपेक्षा पनि परिवर्तन हुदै गइरहेको अवस्थामा एउटा अग्रणी स्वास्थ्य संस्थाको रुपमा सेवा सुविधाहरु समय सापेक्ष रुपमा परिष्कृत गर्दै लाने उद्देश्य सहित अत्याधुनिक नयाँ भवनसहित सेवाहरु बिस्तार गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।


अस्पतालले १५ करोड लागतमा नयाँ १.५ टेस्लाको एमआरआई ल्याएर सेवा सुरु गरेको छ । अल्टासाउण्ड पनि नयाँ रहेको अस्पतालले जनाएको छ । एमआरआइ संचालनमा आएसँगै यस अस्पतालमा दुई वटा एमआरआइ बाट सेवा प्रदान हुने उनले बताए ।

‘जुन कोशी प्रदेशमा नौलो अभ्यास हुनेछ । पहिलो तल्लामा पूर्ण वातानुकुलित ओपिडी सेवा सन्चालन रहेको छ,’ उनले भने, ‘ जहाँ सेवाहरुलाई डिजिटल रुपमा प्रवाह गरिनेछ ।’ त्यसैगरि माथिका तल्लाहरुमा आइसियु तथा एचडियू वार्डहरु रहेको अस्पतालले जनाएको छ । ‘यी सबै थप सेवाहरुको सन्चालनसँगै स्वास्थ्य सेवाग्राहीहरुले यस अस्पतालबाट मल्टिस्पेशियालिटी सेवा मात्र हैन अब सुपरस्पेशियालिटी सेवाको लाभ लिन पाउनु हुनेछ’, पत्रकार सम्मेलनमा भट्टराईले भने ।

स्वास्थ्य सेवाको माध्यमबाट हामीले राष्ट्रकै उन्नतीमा आफुलाई समाहित गरेको उनले बताए । ‘यस प्रयासबाट यस क्षेत्रको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नुको साथै यो एउटा गर्व गर्न लायकको उत्कृष्ट नमुना समेत हुने कुरामा हामी विश्वस्त छौ,’ उनले भने ।


२३ वर्ष अगाडी न्यूरो अस्पताल १० शैयाको न्युरोलोजी सेवाबाट अस्पतालका संस्थापक डा. बिरेन्द्र कुमार विष्टज्युले सेवा सुरु गरेका हुन् । हाल १५० शैययाको बहुआयामिक अस्पतालको रुपमा विकसित भइसकेको उनले बताए । ‘विगतका वर्षहरुलाई नियालेर हेर्ने हो भने बिराटनगरको स्वास्थ्य क्षेत्रले ठुलो फडको मारेको छ, र बिराटनगर मेडिकल हबको रुपमा स्थापित हुदैछ,’ अध्यक्ष विष्टले भने, ‘यो मेडिकल हबको एउटा जिम्मेवार भागको रुपमा हामी आफनो भुमिका प्रति सदैव गम्भिर र इमान्दार रहेका छौँ ।’

न्यूरोमा न्योलोजी, मुटु रोग सेवा, जनरल मेडिसिन,स्त्री रोग तथा प्रसुती, मानसिक, नेफोलोजी, ग्याष्ट्रोलोजी, आपातकालिन, रेडियोलोजी, चर्म तथा यौन रोग, फिजियोथेरापी,संक्रमण रोग, न्यूरो सर्जरी, हाडजोर्नी, जनरल सर्जरी तथा ल्याप्रोस्कोपिक, नवजात शिश तथा बाल स्वास्थ्य सेवाहरु संचालनमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्