पत्रकार देवानमाथि आक्रमण गर्ने एकजना पक्राउ

पत्रकार देवानमाथि आक्रमण गर्ने एकजना पक्राउ

विराटनगर । आवर विराटनगर डटनेटका समाचार संयोजक प्रेम देवानमाथि बिहीबार आक्रमण गर्नेमध्येका रमेश रायलाई प्रहरीले पत्राउ गरेको छ ।

धनपालथान–५ का रायलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पत्रकार देवानमाथि बिहीबार विराटनगर महानगरपालिका परिसरमा आक्रमण भएको थियो । आक्रमणमा संलग्न राय र अर्का अभिमन्यु यादवमाथि जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहार कसुरमा जाहेरी दिइएको छ । देवानलाई रिपोटिङका लागि फोन गरेर मो.रियान बोलाएका थिए ।

प्रहरीले आक्रमणमा संलग्न रायसँग अहिले प्रारम्भिक सोधपुछ गरिरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दहालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्