नदीमा चेपाको बाँससँगै हेलिनेको कथा

<span class='c1'>नदीमा चेपाको बाँससँगै</span> <span class='c2'>हेलिनेको कथा</span>

सुजता लिम्बू
विराटनगर । नदीको भंगालेमा हेलिदै गन्तव्य पछ्याउन आफैमा जोखिमपूर्ण हुन्छ । तर, पनि जीवन बाँच्नकै लागि जोखिम मोल्न बाध्य छन् जापान राई । ठूलाठूला पहाडका थुम्किाहरुको ओत लाग्दै सप्तकोशी नदीको वेगसँगै वर्षेनी उनी पानीको यात्रा तय गर्दै बाँस ओसार्ने काम गर्छन्। यसरी ल्याएको बाँसलाई चेपाको बाँस भनिन्छ । त्यसो त जापान मात्रै होइन कोशी नदी आसपासका अधिकांश बासन्दिाहरु जोखिम मोलेर नदीबाटै बाँस ओसार पसार गर्दै जीविको पार्जन गरिरहेका हुन्छन् । चेपाको बाँस सप्तकोशीको सहायक नदी सुनकोशी, अरुण र तमोर नदीबाट सप्तकोशी नदी हुँदै सुनसरीको बराहक्षेत्र पुर्याइने गरिन्छ । यही नदी हुँदै बर्षेनी हजारौँ घना बाँस ओसार्ने क्रममा ढुंगामा ठोकिएर, भंगालोमा परेको कतिले त ज्यानै गुमाएका छन् ।

उदयपुरका जापान १५ वर्षदेखि जोखिम मोलेर बाँस ओसार्ने गरेको बताउछन् । घरको आर्थिक स्रोतको बाटो नै यही बाँस भएको बताउने उनी जिम्मेवारीको गहकिलो भारीको अगाडी जोखिम फिक्का हुने गरेको सुनाउछन् । सुरुवातका दिनहरुमा नदीमा हेलिन डरले मनमा डेरा जमाएपनि समयसँगै विस्तारै डर हराउदै गएको उनले बताए ।

जापान र उनीसँगै आएका साथी बिहान ९ बजेदेखि यात्रा तय गरेका रहेछन् । बराहक्षेत्रको सिसौनी घाटसम्म आइपुग्दा दिउसोको ३ बजेको थियो । त्यसो त उनीसँग कुनै समय पानीमै रात बिताएका तिता मिठा थुप्रै यादहरु पनि छन् । ,‘जोखिम धेरै हुन्छ ज्यानको बाजी लगाएर घरबाट हिँड्नु पर्छ, मेरो आफ्नै भोगाई छ पानीमा कति रातहरु बितेका छन् ।’ उनी भन्छन्,‘ कहिलेकाँही ढुङ्गामा अड्किन्छ, पौडिएर निस्किन पनि सम्भव हुँदैन ।’ पानीमा रात बिताएको समय फोनको माध्यमबाट खाजा मगाएर भोक मेटाए पनि कहिले त भोकै वितेका रातहरु उनको जीवनमा भुल्न नसक्ने क्षण रहेको सुनाउछन् । एकपटक ल्याएको बाँसमा २ हजार रुपैयाँदेखि २५ सय रुपैयाँसम्म फाइदा बस्ने गरेको उनले सुनाए ।

यही बाँस बिक्रि गरेर आएको पैसाले घरको गर्जो टर्ने गरेको जापान सुनाउछन् । उदयपुर, भोजपुर आसपासका जिल्लाबाट ल्याएको बाँस विराटनर, धरान, इटहरी, काठमाडौं लगायतको शहरी क्षेत्रमा बिक्रि हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्