प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा ३८ विद्यालय (फोटो फिचर)

प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा ३८ विद्यालय (फोटो फिचर)

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् ।

मोरङको १७ वटा स्थानीय तहमा रहेको विद्यालयहरुसँग प्रतिस्पर्धा गर्दै उक्त विद्यालयहरु जिल्ला स्तरीय ब्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा पुगेको प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले जानकारी दिए ।


फाइनलमा पुगेका विद्यालयका विद्यार्थीहरुले शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा लोकनृत्य प्रतियोगिता भएको छ । साँस्कृतिक पहिरनमा लोकभाकामा आधारित गीतमा नृत्य प्रस्तुत गरेका छन् ।


प्रतियोगिताको फाइनलमा जुनियरतर्फ पूर्वाञ्चल पब्लिक, एभरेष्ट स्कुल, दिव्यज्योति, हिमालय बालसंसार, एभरेष्ट, मिनिल्याण्ड, आर्दश, बालप्रतिभा, जिवन विकास, सनग्लोरी, स्कर्लसहोम, एजेलिया, माउण्टएभरेष्ट, रेडस्टार, शिक्षा सन्देश, सप्तकोशी, मोरङ पब्लिक, माउण्ड मकालु, सनसाइन, रिलायन्स र भानु सेकेण्डरी स्कुल पुगेका छन् ।


यसैगरी सिनियरतर्फ विध्याज्योति, आर्दश, रिलायन्स, एभरेष्ट, लम्भिएन्जल्स, बालजगत, पूर्वाञ्चल, सुविजिमुर मेमेरियल, अरनिको, सिद्धार्थ सिसुसदन, मिनिल्याण्ड, जिवन विकास, पशुपति, भृकृटिमोडल, बालप्रतिभा, सनसाइन र रेडस्टार स्कुल फाइनलमा पुगेका छन् ।


प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार, द्धितीयले १० हजार, तृतीयले ५ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायकहरुमा रोशन कर्मचार्य, देवराज खड्का, मिथुन ठाकुर रहेका छन् ।


प्याब्सन मोरङले विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले प्रत्येक वर्ष जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिता गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्