विराटनगरमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

विराटनगरमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १२ स्थित पाञ्चालीमा ३३ वर्षीया एक महिलाको शव फेला परेको छ ।

 

पाञ्चालीस्थित एमाले पार्टी कार्यालय छेउको महायज्ञ मार्गको खुला चौरमा महिला मृत भेटिएकी हुन् । घटनास्थलमा पुगेको प्रहरीले मृत्तकको शव सनाखत गरिसकेको छ । मृत भेटिएकी महिला सुनसरीको चक्रघट्टीस्थित शेरेटोल निवासी हुन् । उनको १० वर्षको छोरा पनि छन् । मृत्तकका श्रीमान आकाश तामाङ सह चालक हुन् । उनी विराटनगर नै बस्छन् ।

मादकपदार्थ सेवन गरेर होहल्ला गर्ने र दुःख दिने गरेपछि करिब ७ महिना अघिदेखि मृत्तकको श्रीमान छुट्टिएर अलग्गै बस्दै आएका थिए ।
विभिन्न पसलमा भाँडा माझ्ने काम गर्दै आएकी महिला भने मादकपदार्थको कुलतमा फसेकी थिईन् । अत्याधिक मादकपदार्थ सेवन गरेका कारण जाडो कठ्याङग्रिए उनको मृत्यु भएको हुनसक्ने आशङ्का मोरङ प्रहरीले गरेको छ । प्रहरीका अनुसार शनिबार बिहान करिब १० बजे पाञ्चालीस्थित खुला चौरमा स्थानीयले महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भर्ईरहेको मोरङ प्रहरीका प्रवक्ता रञ्जन दाहालले बताए । मृत्तकको शव भने पोस्टमार्टमका लागी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्