अमाही मार्ट प्रालीद्धारा विराटनगरमा सुजुकीको नयाँ बिक्री केन्द्र सञ्चालनमा

अमाही मार्ट प्रालीद्धारा विराटनगरमा सुजुकीको नयाँ बिक्री केन्द्र सञ्चालनमा

विराटनगर । अमाही मार्ट प्रालीले विराटनगरमा सुजुकीको नयाँ विक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।

सुजुकी टू व्हीलर्स् आधिकारिक बिक्रेता 'भिजि अटोमोबाइल' मार्फत अमाही मार्ट प्रालीले आजदेखि विराटनगर ५ मुनालपथमा सुजुकीको बिक्री केन्द्र अमाही मार्ट सञ्चालनमा ल्याएको हो ।

बिक्री केन्द्रको उद्घाटन मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै सांसद मण्डलले अमाही मार्टको नयाँ सिकाइ रहेको बताए । बदलिएको युग सँगै यसमा सफल भए भोलिका दिनमा इलेक्ट्रि कारमा जाने समेत बताए । सर्वसाधरणलाई सहजरुपमा मोटरसाइकल तथा स्कुटरका बिक्री वितरण गर्ने उद्देश्यसहित नयाँ बिक्री क्न्द्र सञ्चालनमा आएको अमाही मार्ट प्रालीकी विक्री प्रमुख सरिता चौधरीले जानकारी दिइन् ।


अमाही मार्टमा सुजुकीले सञ्चाल गरिरहेको महा एक्सचेन्ज मेला अन्तरगत कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्दा आकर्षक छुट समेत पाउने कम्पनीले जनाएको छ ।

अमाही मार्ट उद्घाटन कार्यक्रममा भिजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराई, जीवन विकास लघुवित्त संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, भिजी अटोमोबाइल्सका बिक्री प्रमुख रामचन्द्र कडेल लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्