कारमा अवैध सामान ल्याएको आरोपमा दुईजना पक्राउ

कारमा अवैध सामान ल्याएको आरोपमा दुईजना पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका–९ का सुरज थापा र कुमार राईलाई मोरङको रतुवामाई नगरपालिका–४ मा अवैध सामानसहित प्रहरीले नियन्त्रणमा लिइएको छ । भन्सार छलेर प्रदेश १–०१–००१ च ८६८७ नम्बरको मारुती कारमा भन्सार छलेर भित्र्याउँदै गरेको पाँचलाख बढी मूल्यको सामानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले खाद्यन्न र सुर्तीजन्य वस्तु मारुती कारमा लिएर आउँदै गरेको सुचनाका आधारमा चेकजाँचका क्रममा सामानसहित उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेको कार र सामानको विषयमा थप कारवाहीका लागि भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्