विराटमा एकदिने नवजात शिशुको सफल शल्यक्रिया

विराटमा एकदिने नवजात शिशुको सफल शल्यक्रिया

विराटनगर । अर्जुनधारा झापाका हर्कबहादुर जोगी र उनकी श्रीमती अस्मिता जोगीलाई दोस्रो पटक सन्तान प्राप्तिको खुशीले खुबै हर्षित बनाएको थियो । अस्मिता गर्भवती भएको खबर सुनेको दिन देखि यता उनीहरुले नियमित स्वास्थ्य परिक्षण समेत गराएका थिए । सुरुवातका दिनहरुमा त बच्चाको अवस्था र स्वास्थ्य राम्रै थियो ।

जब अस्मिता अन्तिम चरण अर्थात गर्भवती भएको ९ महिनाको अवधिमा स्वास्थ्य परिक्षण अस्पताल पुग्दा जोगी दम्पतिको मनमा निरासाले डेरा जमायो । अस्मिताको अल्ट्रासाउण्डमा बच्चाको ढाडमा ठूलो मासु पलाएको (ट्युमर) देखिएपछि मनमा खिन्ता पैदा भएको हर्कबहादुर बताउछन् । उनी भन्छन्,‘सुरुमा चेक गर्दा त त्यस्तो देखिएको थिएन जब अन्तिम चरणमा अल्ट्रासाउण गर्न जाँदा बच्चाको ढाडमा मासु पलाएको छ भन्नुभयो त्यसपछि हामी छाँगाबाट खसे झैँ भएका थियौँ ।

उनीहरुको जीवनमा पहिलो सन्तान जम्नेको ८ वर्षपछि दोश्रो सन्तानको सुख प्राप्ति भएको थियो । तर, जन्मन लागेको छोरीको स्वास्थ्य अवस्थाको खबर सुन्दा आफूहरुलाई दु:खी तुल्याएको उनी सुनाउछन् । जब गाउँको आफन्तले विराट मेडिकल कलेज टिचिङ अस्पतालमा ट्यिुमरको अप्रेशन हुन्छ भन्ने खबर पाएपछि उनी विराटमा चेकजाँचको लागि आएका रहेछन् । अस्पतालमा आएपछि छोरी जन्मेको भोली पल्ट नै सफल शल्याक्रिया भएपछि जोगी दम्पति यतिबेला खुशी छन् ।

‘मेरो आफन्तले यो अस्पतालमा पठाएको हो, यहाँ आएपछि नानीको सफल शल्यक्रिया भयो , मलाई त धेरै डर लागेको थियो डाक्टर साबले जे पनि हुनसक्छ भन्नुभएको थियो, उनी भन्छन्,‘यहाँ उपचारमा लाग्ने पैसा पनि छुट दिनुभएको छ, बच्चाको स्वास्थ्य पनि राम्रो छ ।’
नवजात शिशुको बालशल्य चिकित्सक डाक्टर हिरामणी पाठकको टिमले गरेका थिए । कम्मरको तल्लो भागमा ट्यिुमरसहित जन्मको र जन्म भएको एकदिनमा बच्चाको शल्यक्रिया गरेको डा. पाठकले जानकारी दिए ।

‘उहाँहरु ३४ हप्तामा अल्ट्रासाउण्ड लिएर आउनुभएको थियो, कम्मरको तल्लो भागमा ट्यिुमर रहेछ, बच्च फाल्ने कि के गर्नु ? भनेर उहाँहरुले प्रश्न गर्नुभएको थियो तर हामीले ३८ हप्तासम्म गर्भमा राखेर बच्चालाई यहीँ अस्पतालमा अप्रेशन गरेर निकाल्ने र जन्मेको भोलिपल्ट नै अप्रेशन गर्नु मिल्छ भनेर सल्लाह दिएका थियौँ ।’ उनले भने,‘ सल्लाह बमोजिम ३८ हप्तापछि उहाँहरु आउनुभयो र बच्चा जन्मेको भोलिपल्ट सिटिस्क्यान गरेर अप्रेशन गरेका हौँ र अप्रेशनको पनि सम्भव भयो ।’

यस्तो खालको अप्रेशनले भावि दिनमा बच्चालाई कुनै खालको असर नपर्ने समेत डा. पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्