विराटनगरको मेट्रो न्यूरो अस्पतालमा उपचारतः बिरामी आफन्तको जिम्मेवारीमा रेफर भएको खुलासा

<span class='c1'>विराटनगरको मेट्रो न्यूरो अस्पतालमा उपचारतः बिरामी</span> <span class='c2'>आफन्तको जिम्मेवारीमा रेफर भएको खुलासा</span>

विराटनगर । मृत घोषणा गरेर शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्ने समाचार झुटो रहेको पाइएको छ । सरकारी सञ्चारमाध्यम गोरखापत्र दैनिकले सोमबार प्रकाशित ‘अस्पतालले मृत घोषणा गरेको व्यक्ति जीवित’ शिर्षकको समाचार तथ्यगत रुपमा गलत रहेको पाइएको हो ।

आवर विराटनगरले समेत गोरखापत्र दैनिकले प्रकाशित गरेको समाचार ‘क्रेडिट’ दिएर प्रकाशित गरेको थियो । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालमा शनिबार दिउँसो भर्ना भएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई १५ घण्टा शवगृहमा राखेर अन्तिम दाहसंस्कार गर्न घाट लैजान लाग्दा जीवित नै पाइएको भन्ने गोरखापत्रको समाचार पुनःप्रकाशित भएपछि अस्पताल प्रशासनले त्यसमा ध्यानाकर्षण भएको जनाएको हो ।

अस्पताल प्रशासनले उपचाररत सदाको अर्को अस्पतालमा उपचार गराउन परिवारले जिम्मा बुझेर लगेको कागजात समेत सार्वजानिक गरेको छ । बिरामी प्रताप सदाको श्रीमती सीताकुमारी ऋषिदेवले आफैं जिम्मा बुझेर बिरामी बुझेको देखिएको छ । त्यसपछि अस्पतालबाट आइतबार १२ः५२ मिनेटमा बिरामीलाई अक्सिजन लगाएर बाहिर निकालिएको देखिन्छ ।

आवर विराटनगरमा यस अगाडी भुलबश प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं । सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्