मोरङ बास्केटबल संघको अध्यक्षमा बिनायक पुनः चयन

मोरङ बास्केटबल संघको अध्यक्षमा बिनायक पुनः चयन

विराटनगर । मोरङ बास्केटबल संघको अध्यक्षमा बिनायक कान्त पन्त पुनः चयन भएका छन्।

मंसिर १२ गते विराटनगरमा सम्पन्न विशेष साधारण सभाबाट बिनायक कान्त पन्त अध्यक्षमा पुनः चयन भएका हुन्।

त्यसैगरी उपाध्यक्षमा अनिल राई ,सचिवमा त्रिलोक बास्तोला, सह-सचिवमा मुकेश यादव र कोषाध्यक्षमा अनुभव दाहाल चयन भएका छन् ।

सदस्यहरुमा क्रमश : दिपेश कटुवाल,आरती लिम्बू,आकश दुलाल शृजय थपलिया,सागर ढुंगाना,कुशल कुमार शाह, राजिब श्रेष्ठ रहेका छन् ।

साधारण सभामा कोशी प्रदेश बास्केटबल संघको अध्यक्ष मनिश गुरुङ र सचिव सरोज लम्साल तथा मोरङ जिल्ला खेलकुद विकास समितीका सदस्य बिनोद डागीको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्