उद्घाटन हुनुपूर्व नै गलत सन्देश गएको सञ्चालकको गुनासो

<span class='c1'>उद्घाटन हुनुपूर्व नै गलत</span> <span class='c2'>सन्देश गएको सञ्चालकको गुनासो</span>

विराटनगर । सुनसरीको इनरुवा–३ का ४५ वर्षीय प्रताव सदा मुसहरलाई अस्पतालले मृत घोषणा गरेर घर फर्काएपछि जीवित भएको भन्ने समाचारप्रति अस्पताल प्रशासनले खण्डन गरेको छ ।

विराटनगरस्थित मेट्रो न्युरो ट्रमा एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिका प्रमुख कार्यकारी अधिकृत सन्तोषमेहताले गलत समाचार प्रकाशित भएको गुनासो गरेका हुन् ।

उनले आफन्तको जिम्माजमानीमा आइतबार घर पठाइएका सदाको जीवन जोखिममा रहेपनि खर्च अभावमा परिवारले लगेको बताएका छन् । उनले अस्पतालको उद्घाटन हुनु अगाडी नै गलत समाचार प्रकाशन भएको बताएका हुन् ।
समाचारका बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर उनले सत्यतथ्य नबुझि प्रकाशित हुनु गलत रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्