शिक्षादीप कलेजद्वारा ९१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

शिक्षादीप कलेजद्वारा ९१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजले लिएको आन्तरिक परीक्षामा ८० प्रतिशत कटाउने ९१ जना विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरेको छ ।

विज्ञान संकायमा अध्ययरत कक्षा ११ मा ८० प्रतिशत कटाउने ४४ जना र कक्षा १२ मा ४७ जना गरी ९१ जना विद्यार्थीहरूलाई कलेजले छात्रवृत्ती प्रदान गरेको हो ।

९१ जना मध्ये कक्षा ११ बाट टप टेनभित्र पर्ने १२ जना र कक्षा १२ बाट १० जना गरि २२ जना विद्यार्थीहरुलाई छात्रवृत्तीसहित नगद पुरस्कार प्रदान गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । छात्रवृत्ती पाउने विद्यार्थीहरुलाई कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।

८० प्रतिशत कटाउने मध्ये पनि कक्षा ११ बाट टपटेन भित्र प्रथम रूसन दाहाल, द्धितीय अमन साह र तृतीय गौरव भट्टराई भए । यसैगरी कक्षा १२ मा टपटेन भित्रको प्रथम प्रशान्त कार्की, द्धितीय गंगाराज अधिकारी र तृतीय कृपा शिवाकोटी भएकी थइन् । टपटेन भित्र प्रथम हुनेले ४२ हजार ७५०, द्धितीयले ४० हजार २ सय ५० र तृतीयले ३७ हजार ७५० रूपैयाँ बरावरको छात्रवृत्ती दिएको कलेज प्रिन्सिपल खड्काले जानकारी दिए ।

८० प्रतिशत कटाउने चौथो देखि टपटेन भित्र पर्ने विद्यार्थीले २७ हजार ७५० रुपैयाँ छात्रवृत्ती पाएका छन् । यसैगरी ८० प्रतिशत भन्दा बढी अंक ल्याउने अन्य विद्यार्थीहरुले जनही २२ हजार ७५० रुपैयाँ बराबरको छात्रवृत्ति पाएको कलेजले जनाएको छ । छात्रवृत्री पाउने विद्यार्थीहरुलाई कलेजले प्रमाण पत्र र माला लगाएर सम्मान गरेको छ ।

पुरस्कृत र सम्मानित भएका विद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, कलेजका चिप डाइरेक्टर रमेश कुमार मण्डल, निर्देशक भुपेन्द्र दाहाल, नवीन कुमार रोयलगायतले सम्मान गरेका थिए ।
शिक्षादीपमा प्रत्येक वर्ष आठ सय बढी विद्यार्थीहरु विज्ञान संकाय अध्ययनको लागि भर्ना हुने गरेका छन् । संघिय राजधानी बाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेजको रुपमा पनि शिक्षादीप कहलिएको छ । यस कलेजमा अध्ययरत विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या पनि बढ्दो क्रममा रहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्ज मेडिकल इन्ष्टिच्युट (त्रिवि शिक्षण अस्पतालमा) सहितका अन्य मेडिकल कलेजहरुमा पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्न सक्षम बनाउने कलेजको पहिचान शिक्षादीप कलेजले बनाएको छ ।गत वर्ष चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएसको प्रवेश परीक्षामा शिक्षादीपकी अदितीकुमारी जैन ‘टपर’ भइन् । उनले १८ हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै छात्रातर्फ देशभरै टप भएकी थिइन् । यस वर्ष शिक्षादीपका ७ जनाले विद्यार्थीले मेडिकल शिक्षा अध्ययनको लागि एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् ।

उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन, क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण शिक्षादीप कलेजको सफलताको सूत्र भएको प्रिन्सिपल ज्ञान बहादुर खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्