विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा. ली. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ति जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो ।
न्यूरो अस्पतालसँग मिल्दो जुल्दो नाम राखेर बिरामी ठगी गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराइले बताए । न्युरो हस्पिटलसँग मिल्दो जुल्दो नाम राखी सेवाग्राहीहरुलाई गलत सुचना सम्प्रेषण गरेको उनले बताए । ‘बिडम्बनापुर्वक भन्नु परेको छ । यस अस्पतालमा पुर्णकालिन रुपमा कार्यरत बिशेषज्ञ डाक्टरहरुको बारेमा अफवाह फैल्याउने र उनीहरुको संस्थामा आबद्ध छन भनी भ्रम पार्ने गरेको पनि पाइएको छ । न्युरो अस्पतालको शाखा हो भनी गलत प्रचार प्रसार गर्ने देखि वाल पेन्ट, होर्डिगं बोर्ड आदीमा न्युरो अस्पताल सँग मिल्दो जुल्दो बिज्ञापन राखी प्रचार प्रसार गर्ने कार्य समेत गर्ने गरेको पाईएको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘ यसरी भ्रममा पारि बिरामीहरुको स्वास्थ्यमा गम्भिर खेलवाड गर्ने गरेको गुनासोहरु पटक पटक आएकोछ र त्यस बिषयलाई हामीले बिभिन्न औपचारिक र अनौपचारिक फोरममा समेत उठाएका पनि छौँ ।’
न्यूरोको कुनै शाखा अस्पताल नरहेको र हामीसँग मिल्दो जुल्दो नाम राखी संचालन गरिएको कनै पनि संस्थासँग कुनै सम्बन्ध नरहेको उनले बताए । ‘त्यस्ता व्यतिm, समुहको कनै आश्वासन , प्रलोभनमा नपर्न तथा कसैले पार्न खोजे न्युरो अस्पतालको आधिकारिक नम्बर ०२१– ४१७४८४, ०२१–४१६२६७ मा जानकारी गराउन अपिल गर्दछौ,’ जारी विज्ञाप्तीमा उल्लेख छ ।
विराटनगरको एक अस्पतालले मृत घोषणा गरेको शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्दै विभिन्न संचार माध्यमहरुमा आएका समाचार गलत भएकोले र उक्त हस्पिटल न्यूरो नभएको बताएको छ । केही संचारमाध्यहरुले न्यूरो अस्पतालको नाम राखेको प्रति आपत्ति जनाएको छ । ‘सामाजिक संजालमा आम सर्वसाधारणदेखि नागरिक अगुवा, जनप्रतिनिधीहरु समेत ठुलो भ्रममा परेको देखियो । यो भ्रम भनेको हाम्रो ख्याती ब्राण्ड नेमलाई अनुचित तवरले प्रयोग गर्ने गलत प्रवृती प्रशय भएको कारणले भयो भन्ने कुरा स्पष्ट देखिन्छ । अतः यस्तो घटना फेरि नदोहोरियोस, फेरि कोही नठगिउन, फेरि कोही भ्रममा नपरोस भन्नाको लागि हामी सम्पुर्ण सरकारी संयन्त्र, सरोकारवाला निकाय, नागरिक समाज, मिडियाकर्मी र सम्पुर्ण सर्वसाधारणहरुमा सचेत रहन हुन हार्दिक अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।