मेयर कोइरालाद्वारा हुलाकी सडकको अनुगमन

<span class='c1'>मेयर कोइरालाद्वारा हुलाकी</span> <span class='c2'>सडकको अनुगमन</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडकको अनुगमन गर्नुभएको छ ।

मेयर कोइरालाले मंगलबार जामुनगाछी-केशलिया खोलाअन्तर्गत पर्ने हुलाकी सडकको अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा कोइरालाले स्थानीयको गुनासा र समस्या समेत सुन्नुभयो । उहाँले मापदण्डमा परेका घरधनीहरुसँग समस्या समाधान गर्नका लागि छलफल गर्नुभएको थियो । सडक निर्माणपछि सो क्षेत्रको विकासले गति लिने मेयर कोइरालाले विश्वास व्यक्त गर्नुभयो । निर्माणको कामलाई गति दिन मेयर कोइरालाले निर्माण व्यवसायी वासु उप्रेतीलाई निर्देशन दिनुभयो ।

अनुगमनका क्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर ४ का वडाध्यक्ष जितन थापा, महानगरका प्रवक्तासमेत रहनुभएका वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेसहित वडा सदस्यहरुका साथै योजना महाशाखा प्रमुख अर्जुन थापालगायतको समेत उपस्थिति रहेको थियो ।

विगत लामो समयदेखि अवरुद्ध रहेको सो सडक मेयर कोइरालाको सक्रियतामा पछिल्लो समय निर्माणले गति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्