वीपी कोइराला धरानमा थ्रीडी गाइट एनलाइशिस ल्याब सञ्चालनमा

वीपी कोइराला धरानमा थ्रीडी गाइट एनलाइशिस ल्याब सञ्चालनमा

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अत्याधुनिक थ्रीडी गाइट एनलाइशिस ल्याब सञ्चालनमा ल्याइएको छ । अर्थोसँग सम्बन्धितथ समस्या भएका बिरामी लक्षित गर्दै नेपालमै पहिलो पटक प्रतिष्ठानको हाडजोर्नी विभागमा नयाँ प्रविधिको मेशिन स्थापना गरिएको हो ।

जेनेभा युनिभर्सिटी हस्पिटल्स, स्वीट्जल्र्याण्डको सहयोगमा स्थापना भएको उक्त ल्याब जेनेभाबाट आएका ३ जना विशेषज्ञको टोलीले प्रतिष्ठानमा स्थापना गरेका हुन । ल्याब स्थापनसँगै प्रतिष्ठानका जनशक्ति तयार पार्ने तालिम भईरहेको छ ।
टोलीमा बाल हाडजोर्नी विशेषज्ञ डा.जेराल्डो डिकुलन, प्राध्यापक स्टिफेन आरमान्ड र एलिस बोनेफोइ रहेको प्रतिष्ठान प्रवक्ता डा.अन्जु प्रधानले जानकारी दिएकी हुन् । ‘सेरेब्राल पल्सी’का कारण तथा शल्यक्रिया गरेपछि अन्य कारण हाडजोर्नी सम्बन्धी कतिपय रोगले हिडाईको चाल नमिल्ने, हिँड्नमा कठिनाइ हुने हुँदा यो नयाँ उपचार पद्धति प्रयोगमा ल्याईने छ ।

ल्याब भित्र उच्च प्रविधिका आठ वटा क्यामेरा विभिन्न कोणमा जडान गरिएको छ । बिरामीहरूको उपचारमा बिरामीलाई हिँड्न लगाई सबै कोणबाट बिरामीको चालको भिडियो र ग्राफिक्सहरू लिई उच्च प्रविधिको कम्प्युटरद्वारा उक्त भिडियो, ग्राफिक्सहरूको विश्लेषण गरी समस्याको पहिचान गरिन्छ ।

विशेषज्ञहरूले बिरामी उपचारमा यो बिश्लेषणलाई आधार बनाउने छन् । हाडजोर्नी विभागका एसिस्टेन्ट प्रोफेसरद्वय डा.आशिष पाण्डे र डा.अमित लिम्बू, अर्थोटिष्ट्प्रो–स्थेटिष्ट् अमन श्रेष्ठ र फिजियोथेरापिष्ट मुजाहिद हुसैनले नयाँ प्रविधिको उपचार बारे तालिम लिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्