विपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो कपडा

<span class='c1'>विपन्न बालबालिकालाई शैक्षिक सामग्री</span> <span class='c2'>तथा न्यानो कपडा</span>

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले अति विपन्न समुदायका बालबालिका तथा वृद्धवृद्धालाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल रुपमा काम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले विराटनगर १२ स्थित मुसहर बस्तीमा रहेको सम्पन्न बस्तीमा पुगेर शैक्षिक सामग्री वितरण गर्नुका साथै न्योनो कपडा वितरण गरेको हो ।

सम्पन्न बस्तीमा रहेका ६० घरधुरीमा बसोबास गर्दै आएका विपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेशनरी सामान वितरण गरिएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाले जानकारी दिनुभयो ।

तराईमा बढ्दै गईरहेको जाडो मौसमबाट जोगिनको लागि संघले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, शैक्षिक सामाग्री वितरण गरीएको संघले जनाएको छ ।

यता आफुहरुले न्यानो कपडासंगै लेख्नको लागि कपी पेन्सिल पाउँदा बालबालिकाहरु खुशी भएका थिए ।

कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलासहित संघका पदाधिकारी वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक रन्जन बराल तथा प्रहरी कर्मचारीहरुको उपस्थितमा बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामग्री वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्