सिडिओ कार्यालय मोरङमा कर्मचारी र विराटनगर महानगरपालिका वडा सदस्यबीच हात हालाहाल

<span class='c1'>सिडिओ कार्यालय मोरङमा कर्मचारी र विराटनगर</span> <span class='c2'>महानगरपालिका वडा सदस्यबीच हात हालाहाल</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङका कर्मचारी र विराटनगर महानगरपालिका एकजना जनप्रतिनिधिबीच कार्यालय परिसरमै हात हालाहाल भएको छ । विराटनगर–१ बाट निर्वाचित वडा सदस्य लक्ष्मी राई र नागकिरता फाँटका नायब शुब्बा डिल्ली बस्नेतबीच विवाद उत्पन्न हुँदा हात हालाहालको अवस्था सिर्जना भएको हो ।

नागरिकताको सनाखतका लागि आएको बखत कर्मचारीले चासो नदिएको भन्दै भित्र प्रवेश गरेर नाशु बस्नेतलाई ढाडमा हिर्काएको आरोप प्रशासन कार्यालयको छ । तर, सेवाग्राहीको काम गर्न आउँदा आफू सनाखतका लागि आएको भन्दै कार्ड देखाउँदा समेत हप्कीदप्की गर्दै कार्ड खोसेर बस्नेतले हिर्काएर प्रहरीलाई पक्राउ गराएको महानगरपालिकातर्फबाट दावी छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार साहले पहिले कर्मचारीमाथि हातपात भएपछि विवाद उत्पन्न भएको दावी गरेका छन् । सेवाग्राहीहरुले समेत पहिले वडा सदस्यले हातपात गरेको बताएको सहायक प्रमुख जिल्ला अधिकारी साहको दावी छ ।
विराटनगरका प्रेस संयोजक मिनकुमार नवोदितले कर्मचारीहरुले जनप्रतिनिधिमाथि हातपात मात्रै नभई मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुग्दा रेस्पोन्स समेत नपाएको दावी गरेका छन् । उनका अनुसार दिउँसो १ बजे भएको घटनापछि जनप्रतिनिधिलाई प्रहरी लगाएर पक्राएको विषयमा छलफल गर्न जिल्ला प्रशासनमा मेयर र उपमेयरसहित वडा अध्यक्षहरु त्यहाँ पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी यादवको कार्यकक्षमा अर्का कर्मचारी सुमन निरौलाले मुखमा पानको बुझो चपाउँदै घाउजाँच गर्नुपर्ने भन्दै हप्काउन खोजेपछि कोइराला र कार्की उठेर जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । त्यहाँ प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा अहिले छलफल भईरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी साहले सेवाप्रवाहका क्रममा सबै सेवाग्राही समान हुने भएकोले कहिलेकाँहि धैर्यता गुमाउँदा समस्या उत्पन्न परिस्थिति मात्रै भएकोले छलफलबाट निष्कर्ष निकालिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्