विराटनगरको शिक्षादीप कलेजमा मेयर नागेश कोइरालाले उडाए रकेट

<span class='c1'>विराटनगरको शिक्षादीप कलेजमा मेयर</span> <span class='c2'>नागेश कोइरालाले उडाए रकेट</span>

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरुले किताबी ज्ञानलाई व्यवहारीक रुपमा प्रदर्शन गर्नको निमित्त विज्ञान सम्बन्धी ६ दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।

रिसिक इनोभेसन प्रा.लि. र द स्वाक्ड अफ चेन्ज मेकर्ससँगको सहकार्यमा विद्यार्थीहरुले कलेजमा विज्ञान सम्बन्धी ६ दिने कार्यशाला गोष्ठी गरेका हुन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यार्थीहरुले अविष्कार गरेको रकेट उडाएर कार्यशालाको उद्घाटन गरेका थिए ।

गोष्ठीमा कलेजका ३० जना भन्दा बढी विद्यार्थीहरुले विज्ञान सम्बन्धी प्लेन, रकेट, सेटलाइट लगायतका सामग्री अविष्कार गर्ने कार्यमा जुटेका छन् । विज्ञानको क्षेत्रमा विद्यार्थीहरुले अध्ययन गरेका सिप र ज्ञानलाई ६ दिन सम्म प्रदर्शनी गर्न लागिएको शिक्षादीप कलेजका प्रिन्सीपल ज्ञान बहादुर खड्काले कार्यक्रममा जानकारी दिए ।

यसैबिच हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेलले विज्ञान सम्बन्धी कार्यशाला गोष्ठीका लागि विराटनगरका विद्यार्थीलाई काठमाडौं पुग्नु पर्ने बाध्यता रहेकोले अब विद्यार्थीहरु काठमाडौं पुग्नु पर्ने बाध्यता निराकरण भएको बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला कलेजका अध्यक्ष भीम पराजुली, हिसानका कोशी प्रदेश सचिव दिपेश बास्तोला, कलेजका सञ्चालक शैलेन्द्र सिवाकोटी, रमेश मण्डल, रामचन्द्र अधिकारी, भुपेन्द्र दाहाल, शंकर भट्टराई र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) का सह प्राज्ञ इन्द्रमणी भगतको कार्यक्रममा सहभागिता रहेको थियो ।

रिसिक इनोभेसन प्रा.लि.का अध्यक्ष सुशिलदेव भट्टराईले विज्ञान सम्बन्धी ६ दिने कार्यशाला गोष्ठीमा विद्यार्थीहरुलाई रकेट, रिमोट कन्ट्रोल प्लेन, न्यानो सेटलाइट लगायतको सामग्री आविश्कार गर्नको लागी सहजीकरण गर्नेछन् । कार्यक्रममा कलेजमा अध्ययनरत संस्कृतिक कर्ण र सिम्रिका तिम्सिनाले विज्ञान सम्बन्धी गोष्ठी आयोजनाको बारेमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

पुष २ गते कलेजले आयोजना गर्ने भव्य समापन समारोहमा विद्यार्थीहरुले आविष्कार गरेका विज्ञानसम्बन्धी सामग्री प्रदर्शनमा ल्याइने कलेजले जनाएको छ । विद्यार्थीहरुले आविष्कार गरेका विज्ञान सम्बन्धी सामाग्रीको विभिन्न स्कुल, कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अवलोकन गर्ने समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्