विराटनगरमा जलवायु वित्त–बजेट बारे अन्तरक्रिया

विराटनगरमा जलवायु वित्त–बजेट बारे अन्तरक्रिया

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र कम्यूनिटि इन्गेजमेन्टको सहकार्यमा जलवायु वित्त र बजेट सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मानव विकासको वर्तमान युगमा आइपुग्दा बैज्ञानिक आविष्कारको उपयुक्त प्रयोग नगर्दा सिर्जित गलत परिणामका रुपमा जलवायु परिवर्तनलाई हेरिनुपर्ने विषय उल्लेख गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले बैज्ञानिक आविश्कार र नयाँ प्रविधिको विकासका कारण विश्वको समृद्धि सम्भव भएको भएपनि कुल गार्हस्थ्य उत्पादनको आधा भन्दा बढि हिस्सा अमेरिका, चीन र भारत जस्ता केहि देशले ओगटेको र उनीहरुले हाँसिल गरेको आर्थिक बृद्धिका लागि प्रयोग गरिएको प्रविधिको दुष्परिणामबाट नेपाल लगायतका देशहरुमा गम्भिर नकरात्मक असर परेको बताएका थिए । जलवायु परिवर्तन न्यूनिकरण र अनुकुलनमा लागनीका लागि हामीले विकसित देशहरूलाई वाध्य पार्न सक्नुपर्ने भन्दै आफ्नो कुलगार्हस्थ्य उत्पादनको २ प्रतिशत यस क्षेत्रमा लगानी गर्नका लागि ती देशलाई वाध्य बनाउन सक्नुपर्ने सुझाव थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनमा सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक देखिएकोले प्रदेश सरकारलाई निजी क्षेत्रसँग हातेमालो गर्न आग्रह गर्नुभयो । विद्युत आपुर्ति सहज नहुँदा जनेरेटर चलाएर उद्योग व्यवसाय चलाउनु पर्ने वाध्यता रहेको बताउँदै उनले सरकारले यस्ता गम्भिर विषयमा लगानी बढाएमा निजी क्षेत्रले पनि सरकारको प्राथमिकतामा थप योगदान गर्नसक्ने औंल्याएका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले प्रदेश सरकारका सबै निकायले जलवायु परिवर्तन अनुकुलन र न्यूनिकरणका विभिन्न कार्य गरिरहेको भएपनि त्यसलाई जलवायु बजेटको दृष्टिकोणबाट हेर्न र विश्लेषण गर्न क्षमता अभिबृद्धि र कार्यविधिगत स्पष्टता बढाउन प्रदेश सरकारले काम गर्नुपर्ने देखिएको बताएका थिए । कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुँदै नेपाल सरकारका पूर्वसचिव गोपिनाथ मैनालीले जलवायु बजेटको अवधारणा, कारण र असर, जलवायु वित्त र जलवायु बजेटका विभिन्न विषयमा प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्