होलीको रङ्गले छाला र आँखामा पार्ने असर र सुरक्षित रहने तरिका

<span class='c1'>होलीको रङ्गले छाला र आँखामा पार्ने</span> <span class='c2'>असर र सुरक्षित रहने तरिका</span>

इन्दु साह
विराटनगर । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीलाई रङ्गहरूको पर्वको रुपमा लिइन्छ । यो पर्व पछिल्लो समय धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । होलीको रङ्गमा साना बालबालिकादेखि वृद्धवृद्धासम्म एउटै रङ्गमा रगिने गर्दछन् । एक अर्कामा रङ्ग दलेर खुसी साटसाट गरेर मनाइने पर्वमा रसायनयुक्त रङ्गका कारण छाला तथा कपालमा नकारात्मक असर पर्ने हुँदा यसमा सावधानी रहन चिकित्सकको आग्रह छ ।

छाला तथा यौन रोग विशेषज्ञ विविशा बानियाका अनुसार रसायनयुक्त रङ्ग स्वास्थ्यका हिसाबले खरतनाक मानिने भएकोले प्रयोगमा सतर्क रहन आग्रह गरेकी छिन् । जथाभावी बिक्री वितरण गर्ने रङ्गमा कुन रसायन मिलावट छ भन्ने थाहा नहुँदा यसको प्रयोग मानव शरीरमा मनखुशी भईरहेको हुन्छ । जसको असरले छालालाई असर पु¥याउँछ । चिकित्सकका अनुसार जति गाढा रङ्ग भयो त्यति नै स्वास्थ्यका लागि हानिकारक हुन्छ । सकेसम्म कालो र सिल्भर कलर प्रयोग नगर्न उनको सुझाव छ ।

होलीमा विशेषगरीे रातो रङ्गहरु रातो, कालो, हरियो, नीलो, गुलाबी, बैजानी, गिलिटर, सेतो सिल्भरजस्ता रङ्गको प्रयोग बढी गरिन्छ । रातो रङ्गमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्व मिसाइएको हुन्छ।

रसायन मिसाएको रङ्ग धेरै बेर छाला, आँखा, कानमा रहेमा नकारात्मक असर पुग्न सक्ने भएकोले सामान्य एलर्जीदेखि अन्य छालासम्बन्धी समस्या उत्पन्न हुनसक्छन् । रङ्गमा प्रयोग हुने रसायनले छाला रातो हुने, चिलाउने, रातो डाबर आउने र आँखामा प्रवेश गरे चिलाउने, एलर्जी हुने, फोका आउने र त्यहाँबाट पानी बग्नेजस्ता समस्या देखिने गर्छन् । कान र आँखामा रङ्ग परेमा चिलाउने र पछि गएर कान पाक्ने सम्मको समस्या देखिने भएकोले सतर्क हुनुपर्ने सुझाव छ ।

चिकित्सकका अनुसार होली खेल्दा शरीरमा तेल, म्वइस्चराइजर, सनबल्क क्रिम लगाउने, टाउकोमा तेल लगाउने र पूरा शरीर छोप्ने लुगा लगाउँदा रङ्गको असर केहि कम हुनसक्छ । होली खेल्दा सकेसम्म आँखा, कान तथा मुखमा रङ्ग लाग्नबाट जोगाउ चिकित्सकको सुझाव छ । यदि रङ्ग लागी हालेमा तुरुन्त पानीले सफा गर्ने चिकित्सकको सुझाव छ । यदि पहिले देखि नै छालामा एलर्जी वा छालाको अन्य समस्या छ भने होलीमा रङ्गले झन बढ्ने हुँदा सकेसम्म छालामा रङ्ग नलगाउन पनि सुझाव दिइएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्