प्याजको बढ्दो मूल्य, तरकारीसँगै किनमेलमा पर्न छोड्यो

प्याजको बढ्दो मूल्य, तरकारीसँगै किनमेलमा पर्न छोड्यो

इन्दु साह
विराटनगर । भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा यसको मूल्य अकासिएको छ । बजारमा सहजै उपलब्ध नभएका कारण देखाउँदै विराटनगरमा व्यापारीहरूले प्याजको भाउ बढाएका छन्।
सरकारले आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो । त्यसको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेर विरोध पनि जनाएका थिए । तर सरकारले स्वदेशी आलु र प्याजमा भ्याट नलाग्ने स्पष्ट पारेपछि अहिले आलुको आपूर्ति सहज हुँदै गएपनि भारतसँग भर पर्नुपर्ने प्याज अभाव भएको हो ।


अहिले विराटनगरको बजारमा प्याजको मूल्य प्रतिकेजी १२० रुपैँया पुगेको छ । मूल्य बृद्धि भएसँगै उपभोक्ताले यसको खपत कम गर्न थालेका छन् । व्यापारीहरुले प्याजको मूल्य बृद्धि व्यापार वातावरणमा समेत त्यसको प्रभाव पर्ने बताउँछन् । यद्यपी भारतले रोक लगाएपछि चीनबाट आयात गर्ने प्रक्रिया समेत सुरु गरिसकिएको छ ।
विराटनगर १२ गुद्रिका ब्यापारी रन्जित गुप्ताका अनुसार भारतले निर्यातमा प्रतिबन्ध लगासँगै अभाव खड्किएको बताए । उनले प्याज महंगो भएकोले अहिले प्याजको माग घटेको बताए । यसैगरी आलु–प्याजका खुद्रा बिक्रेता गंगा प्रसाद साहले दैनिक बिक्री परिमाण घटेको बताउँछन् ।


विराटनगर–१२ की रोमा राईले सस्तो हुँदा तरकारीसँगै प्याज समेत किन्ने लिस्टमा पर्ने भएपनि अहिले प्राथमिकतामा कम रहेको बताउँछिन् । उनले आफ्नै देशमा उत्पादन प्राथमिकता नपरेर भारतको मुख ताक्दाको परिणाम बेहोर्नु परेको बुझेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्