विराट नर्सिङ्ग होम र गरिमा विकास बैंकबीच सम्झौता

विराट नर्सिङ्ग होम र गरिमा विकास बैंकबीच सम्झौता

विराटनगर । विराट नर्सिङ्ग होम र गरिमा विकास बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी विराट नर्सिङ्ग होम र गरिमा विकास बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले हस्पिटलसँग दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौतापत्रमा विराट नर्सिङ्ग होम निर्देशक निकिता कार्की र गरिमा विकास बैंककी कोशी प्रदेश प्रमुख रक्षा भट्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार रूटिन ल्याव इन्भेस्टिगेसन मा १५ प्रतिशत छुट हुने भएको छ भने एक्सरे, शल्यक्रिया र बेड चार्जमा समेत १५ प्रतिशत छुट हुने भएको छ ।यस्तै गरिमा विकास बैंकका ग्राहकलाई एमआर आई र सिटि स्कानमा क्रमश रु ७५० र ५०० छुट हुने भएको छ भने आईसीयु, एनआईसीयु, भेन्टिलेटर ईसीजी र युएसजिमा १० प्रतिशत छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

सो सुविधा अन्तर्गत बैंकका ग्राहकहरूले अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंककी अपरेसन इन्चार्ज एन्जिला सिंह डंगोलले जानकारी दिईन ।

यस अघि इटहरीमा रहेको इटहरी मेडिकल एव बरन्डा होटेलमा समेत ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्