सिद्धबाबाबिरुद्धको जर्बरजस्ती करणी मुद्दा उच्च अदालत विराटनगरमा पुनः दर्ता

सिद्धबाबाबिरुद्धको जर्बरजस्ती करणी मुद्दा उच्च अदालत विराटनगरमा पुनः दर्ता

विराटनगर । २०७६ कात्तिक ४ गते सुनसरीको बराहक्षेत्रमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दा पुनः उच्च अदालत विराटनगरमा दर्ता भएको छ । सुनसरी जिल्ला अदालतले गत भदौ २७ गते सफाइ दिन गरेको निर्णयको प्रतिवाद गर्दै सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा गिरीविरुद्ध पुनरावेदन गरेको हो ।

सोलुखुम्बुको जुबु निवासी गिरीले एकजना भक्तमाथि जबरजस्ती करणी गरेको आरोप छ । रामकृष्णाचार्य, वैष्णवकृष्ण दास भन्ने सिद्धबाबा अहिले बराहक्षेत्र छोडेर काठमाडौँ बस्दै आएका छन् ।
जबरजस्ती करणीको आरोप लगाउने व्यक्तिले नै प्रमाणको भार पुर्‍याउनुपर्ने भन्दै जिल्ला अदालतले गिरीमाथिको आरोप प्रमाणित हुन नसकेको भन्दै उनलाई सफाइ दिएको थियो । सुनसरी जिल्ला अदालतले सुरुमा सफाइ दिएको थियो । सिद्धबाबाको ब्रह्मचर्य अदालतले तोड्दै भक्तजनमाथि करणी गरेको भनेको थियो ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासमा गरिएको पहिलो फैसलामा करणी सहमतिमा भएकोलृ जर्बरजस्ती भन्न नमिल्ने उल्लेख थियो । यस विरुद्ध बादी प्रतिवादी दुवैले उच्च अदालतमा पुनरावेदन गरेका थिए । आफूमाथि जबरजस्ती करणी भएको दाबी गर्दै पीडितको थियो भने सहमतिमा यौन सम्बन्ध राखेको कुरा खारेज गरिदिन सिद्धबाबाले पनि निवेदन दिएका थिए ।
०७७ सालमा पुनरावेदन दर्ता भएपछि उच्च अदालत विराटनगरले सिद्धबाबालाई थुनामा पठायो । उनी उच्चको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा गएका थिए । सर्वोच्च अदालतले उच्चको थुना आदेश बेरितको नदेखिएको हुँदा परिवर्तन गरिरहनुपरेन भन्ने आदेश दियो, सिद्धबाबा थुनामै रहे ।

उच्च अदालत विराटनगरले ०७९ जेठ ३ गते फैसलामा मुद्दा जिल्ला अदालत सुनसरीमा फर्कायो । उच्च अदालतका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र सत्यमोहन जोशी थारुले सिद्धबाबाको मुद्दा ‘सुनसरी जिल्ला अदालतमा फिर्ता पठाइदिएपछि दोस्रोपटक सिद्धबाबाले सफाइ पाए । दोस्रोपटक सुनसरी अदालतले सहमतिको करणीबारे केहि भनेको छैन । उच्च अदालतले जिल्लामा पठाएको मुद्दा अहिले पुनः उच्चमै फर्किएको छ ।

उच्च अदालत विराटनगरका सुचना अधिकारी निधिराम दाहालले पुनरावेदनमा मुद्दा दर्ता भएको जानकारी दिएका छन् । उनका अनुसार एक हप्ताको पेरीफेरीमा दर्ता भएको मुद्दाको सम्बन्धमा जिल्ला अदालतमा रहेको सुरु मुद्दा मिसिल मगाएर अध्ययन गरेपछि पेशी तोकिने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्