विराटनगर १२ मा कुकुर आतंक

विराटनगर १२ मा कुकुर आतंक

विराटनगर । कुकुरले खसी बाख्राको शिकार गरेपछि विराटनगर–१२ गणेश मन्दिर नजिकैका स्थानीयहरु आतंकित बनेका छन् । असोज महिनादेखि कुकुरले स्थानीयहरुको खसी बाखा्रको शिकार गर्ने गरेको स्थानीयवासीहरु बताउछन् । बिहीबार मात्रै स्थानीय माला सहनीको बाख्राको पाठा कुकुरले शिकार गरी खाइदिएको रहेछ । उनको असोज देखियता चारवटा बाख्राको पाठा कुकुरले शिकार गरिदिएको गुनासो सुनाइन् । उनले दशैको बेला विक्रीका लागि राखिएको बाख्राको पाठो हुर्कन लाई छोडेकी रहेछिन् । घर छेउमा बाँधेर राखेको पाठा केही समय आफू घाँस लिन जाँदा कुकुरले शिकार गरेको उनले बताइन् । खर्च जोहोको माध्यम नै बाख्रा भएको बताउने उनी आफूले कुकुर आतंकको विषयमा स्थानीय जनप्रतिनिधिलाई भन्दा समेत कुनै वास्ता नगरेको बताइन् ।

‘दशैँमा बिक्रीको लागि राखेको थिए बाखाको पाठा तर त्यो समय मैले बिक्री गरिन, त्यो समय देखि अहिलेसम्म ४ वटा पाठा कुकुरले खाइदिसक्यो,मैले जनप्रतिनिधिलाई पनि भनेको तर मेरो बोलिदिने मान्छे कोही छैन, केही सुनुवाइ पनि भएको छैन,’ उनी सुनाउछिन्,‘यसो आँगनमा बाँधेर घाँस लिनु, घरको काममा जाँदा कुकुरले अघि आएर खाइदिन्छ । ’सोही ठाँउकी सिमा महतले पनि कुकुर आतंकले हैरान लगाएको बताइन् ।

बच्चाहरुलाई खेल्न छोड्नु आफू पनि नानी बोकेर हिँड्न कुकुरकै डरले गह्रो भएको उनी बताउँछिन् । बाख्राको शिकार गर्न तीनवटा कुकुर आउने गरेको बताउने उनी बाख्रालाई घाँटी च्यापेर बाघले जस्तै मार्छन । कुकुरलाई धपाउन आँउदा आफै तीर आइलाग्ने समेत उनको गुनासो छ ।

विराटनगर महानगरपालिकाका सडक कुकुर अर्थात सामुदायिक कुकुरलाई मार्न नमिल्ने र समातेर राख्ने ठाँउ समेत नभएको विराटनगर महानगरपालिकका पशु शाखा प्रमुख पशु चिकित्सक शुभनारायण यादव बताउछन् । महानगरले प्रतिवर्ष कुकुरको जनसंख्या न्यूनिकरण गर्न १९ वटा वडाको सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्ने र रेबिजको खोप लगाएर छोड्ने गरेको उनले बताए । जसका लागि १० लाख रुपैँया बजेट रहेको उनको भनाई छ । त्यसो त महानगरसँग सामुदायिक कुकुर कति छ भन्ने यकिन तथ्यांक छैन । यादवका अनुसार ०७६ सालमा ४ हजार सामुदायिक कुकुर भएपनि त्यस देखि यता अहिले त्यसको तथ्यांक छैन ।

अघिल्लो वर्षमा १६ सय कुकुरलाई बन्ध्याकरण गरेको उनले जानकारी दिए । कुकुर आतंकको सन्दर्भमा बहुला कुकुर भए वडा मार्फत या स्थानीयले जानकारी गराए कुकुरलाई समातेर व्यवस्थापन गर्न सक्ने बताए । त्यो बहुला छैन भने अर्को उपाय गर्न नसकिने समेत उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्