भुजेल समाज सेवा समिति विराटनगरको भाषा लिपि पुस्तक विमोचन

भुजेल समाज सेवा समिति विराटनगरको भाषा लिपि पुस्तक विमोचन

विराटानगर । आदिवासी जनजाति भित्र पर्ने भुजेल जातिको संस्कार, संस्कृति, भाषा र लिपि समेटिएको ‘प्हुगाल ङुर एवेत ओहरा ’नामक पुस्तक विराटनगरमा विमोचन गरिएको छ ।


भुजेल भाषा र संस्कृतिका अध्येता लक्ष्मण थुसिरोङ भुजेलले लेख्नुभएको भाषा र लिपि समेटिएको पुस्तक शुक्रबार एक कार्यक्रममा विच विमोचन गरिएको हो ।
भुजेल जातीको लोपोन्मुख भाषा र लिपिको संरक्षणको लागी प्रकाशित पुस्तकको विराटनगर महानगरपालीकाका मेयर नागेश कोईरालाले विमोचन गर्नुभएको हो ।
विराटनगर महानगरपालीका वडा नम्बर १६ को आर्थिक सहयोगमा भुजेल जातीको संस्कार सस्कृतिको संरक्षण गर्नको निमित्त पुस्तक प्रकाशित गरिएको भुलेज समाज सेवा समितिले जनाएको छ ।


भुजेल जातिको अन्य जातिको भन्दा पृथक भाषा, संस्कृति भएको प्रकृति पूजक आफ्नै चिनारी भएका कारण पनि भुजेल जातिको सस्कार सस्कृतिलाई जर्गेना गर्ने उद्धेस्य सहित तालिमको समेत सुरु गरिएको भुजेल सेवा समितिका सचिव पुर्ण भुजेलले जानकारी दिनुभयो ।


कार्यक्रममा विराटनगर महानगरपालीकाका मेयर नागेश कोईराला, भुजेल सेवा समितिका नगर अध्यक्ष गोपाल भुजेल, स्नाकोत्तर क्याम्पस विराटनगरका प्रमुख ढक बहादुर मगर , वडा नम्बर १६ का वडा अध्यक्ष उद्धव भुजेल लगायत भुजेल समाजका अगुवाहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्