स्नातकोत्तर क्याम्पस विराटनगरका स्ववियु कोषाध्यक्षले लगाए आफ्नै कार्यालयमा ताला

<span class='c1'>स्नातकोत्तर क्याम्पस विराटनगरका स्ववियु कोषाध्यक्षले</span> <span class='c2'>लगाए आफ्नै कार्यालयमा ताला</span>

विराटनगर । स्नातकोत्तर क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको कार्यालयमा कोषाध्यक्ष अवधेश मण्डलले तालाबन्दी गरिदिएका छन् । स्ववियु कोषको रकम अध्यक्ष र सचिवको मिलेमतोमा एकतर्फी निर्णय गरेर कोषको रकम परिचालन भएको भन्दै कोषाध्यक्ष मण्डलले स्ववियुको कार्यालयमै तालाबन्दी गरिदिएका हुन् ।

कोषाध्यक्ष मण्डलका अनुसार क्याम्पस प्रमुख ढकबहादुर मगरसँग मिलेर सभापति निर्मल गजुरेल र सचिव विराट दाहालले कोषको रकममा मनोमानी गरेका हुन् । त्यसैको विरोधमा आइतबार आफ्नै कार्यालयमा कोषाध्यक्ष मण्डलले तालाबन्दी गरिदिएका छन् ।

स्ववियुका सभापति गजुरेलले बैठक राखेर विद्यार्थीहरुको भ्रमणका लागि रकम निकासा गरिएको दावी गरेका छन् । उनका अनुसार विज्ञान संकायका विद्यार्थीहरुको फिल्ड भ्रमणका लागि केहि रकम स्ववियुसँग माग भएको थियो । उनीहरुलाई सहयोग गर्नका लागि स्ववियुले पैसा उपलब्ध गराउने विषयको निर्णय गर्न बैठक आह्वान गरिएको थियो ।

तर, त्यो बैठकमा कोषाध्यक्ष मण्डल अनुपस्थित थिए । उनले निर्णयमा हस्ताक्षर गर्ने भनेर बैठक राख्न भनेपछि बहुमतले २० हजार रुपैँया विद्यार्थीहरुलाई उपलब्ध गराउने निर्णय गरेको थियो । सचिवको नाममा चेक जारी गरेर  निकासा गरिएको सहयोग रकममा अहिले असन्तुष्ट जनाउँदै तालाबन्दी गरिनु गलत रहेको सभापति गजुरेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्