बाख्रा खाने कुकुर खोज्दै महानगर प्रहरी

बाख्रा खाने कुकुर खोज्दै महानगर प्रहरी

विराटनगर । खसी बाख्राको शिकार गर्ने कुकुर खोज्न विराटनगर महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । विराटनगर–१२ गणेश मन्दिर नजिकैका स्थानीयहरुको खसीबाख्रा खान थालेपछि शिकारी कुकुर नियन्त्रणको प्रयास सुरु गरिएको हो ।

आवर विराटनगर गत बिहीबार मात्रै स्थानीय माला सहनीको बाख्राको पाठा कुकुरले शिकार गरी खाइदिएको विषयमा समाचार प्रकाशन गरेको थियो । उनको असोज देखियता चारवटा बाख्राको पाठा कुकुरले शिकार गरिदिएको गुनासो समेत सुनाएकी थिइन् ।

आइतबार समेत अर्को बाख्रा खाएपछि महानगरपालिकाले कुकुरको खोजी सुरु गरेको नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए । नगर प्रहरी प्रमुख पौडेको नेतृत्वमा विराटनगर महानगरपालिकका पशु शाखा प्रमुख पशु चिकित्सक सहितको टोलीले बाख्रा खाने कुकुरको खोजी थालेको छ । पुनः ती कुकुरहरु देखिए तत्काल जानकारी गराउन स्थानीयसँग महानगरले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्