विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन व्यापारीको माग

विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन व्यापारीको माग

विराटनगर । विराटनगरको हिमालय रोड पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले पसल बन्द गरेर विरोध जनाएका छन् । हिमालय रोडलाई विराटनगर महानगरले नयाँ ढाँचामा रुपान्तरण गरेर सडकमै विभिन्न किसिमका संरचना बनाएको छ ।

तर लामो समयदेखी सौन्दर्यकरण गरिएको रोडलाई व्यावस्थित नगरिएको भन्दै स्थानीय व्यावसायीहरुले पुरानै संरचनामा हुनुपर्ने भन्दै रोड अवरोध गरेर विरोध जनाएका छन् । हिमालय रोडमा आउजाउ गर्ने दुवै तर्फका सवारीसाधनलाई समेत एक घन्टा रोकेर विरोध जनाएका थिए । उनीहरुले ‘काल्पनिक एम.जी रोड बन्द गर, साविक हिमालय रोड कायम गर, जस्ता नारा लेखिएको ब्यानर टाँगेर दिउसो १२ बजेदेखी १ बजेसम्म विरोध जनाएका हुन्।

एक बर्ष अगाडी नै सम्पन्न भएको रोडलाई कसैले हेरचाह नगरेका कारण अहिले हिमालय रोडको अवस्था लथालिङ्ग छ । विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीको कार्यकालमा कला विल्डर्सले १ करोड ८३ हजार २७२ रुँपैयामा योजनाको ठेक्का लिएको थियो छ । हिमालय रोडलाई भारत सिक्किमको एम.जी. रोडको अवधारणा दिने योजना थियो ।

पुस्तक व्यापारी गंगाधर मैनालीले एम.जी. रोडमा निर्माण गरिएका पानीको फोहोरा स्थलमा मछरको खानी बनेको, राखिएका बत्ती लाइट बल्न छोडेको र आवागमनलाई समस्या भएको बताए । रोपिएको फलफूलको बिरुवा प्रयोग विहीन अवस्थामा रहेकोले नाममात्रको पर्यटकीय स्थलको कुनै काम नरहेको बताए ।

विराटनगर महानगरपालिकासँग अनुमति लिएर विभिन्न संघ संस्थाहरूले बेलाबेलामा रोडमा मेला लगाउने गरेका छन् । यस बाहेक विभिन्न राजनैतिक दलले समय समयमा सभा सम्मेलन गर्दा साउण्ड बक्सको प्रदुषण पसल पसलमा पुग्दा व्यापार व्यवसायी नै चौपट भएकोले आरोप छ ।

स्थानीय व्यापारी यहि रोडका कारण पलायन हुने अवस्था सृजना भएको बताउँदै आएका छन् । हिमालय रोड कायम नभए सम्म आन्दोलनलाई निरन्तरता दिने र भोली महानगरमा ज्ञापन पत्र बुझाउन समेत जाने संघर्ष समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्