विराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

१६ वटा मोटरसाईकलहरूको चोरीमा संलग्न २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला भोक्राहा नरसिंह - २ बस्ने २१ वर्षीय निकाइल अन्सारी र सुनसरी जिल्ला हरिनगरा-६ बस्ने ३९ वर्षीय नजाम अन्सारी रहेका छन् । प्रहरीका अनुसार अन्सारीको साथबाट अवैध लागु औषध (खैरो हिरोईन) जस्तो देखिने पदार्थ १.०३ ग्रामसहित पक्राउ गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिवादी नजाम अन्सारीको साथबाट राजकुमार मण्डलको नाममा रहेको को २४ प ३६७५ नम्बरको हिरो सुपरस्प्लेण्डर मोटरसाईकलको ब्लु बुक समेत बरामद भएकोले उक्त मोटरसाईकलको धनी र उल्लेखित स्थानहरूबाट मोटरसाईकल हराउने ब्यक्तिहरूले आफ्नो मोटरसाईकलको ब्लु बुकसहित जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा आई सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीको अनुसार पक्राउ परेका मध्ये नजाम अन्सारीलाई लागू औषध र चोरी कसूरमा ५ (पाँच)दिन र निकाईल अन्सारीलाई चोरी र कसूरमा (पाँच) दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

बिगत केही समय देखि मोरङ जिल्लाको विराटनगर महानगर क्षेत्रबाट लगातार मोटरसाईकलहरू चोरी भएको खवर अनुसार अनुसन्धान गर्ने क्रममा नोवेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्री लगायतका बढि भिडभाड हुने स्थानहरूबाट हराएका १६ वटा मोटरसाईकलहरूको चोरीमा संलग्न २ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कहाँ-कहाँबाट मोटरसाइकल चोरी भएको थियो?

प्रहरीको अनुसार नोवेल अस्पतालबाट साईन मोटरसाईकल २ वटा, सुपरस्प्लेण्डर मोटरसारईकल २ वटा र अपाची मोटरसाईकल १ वटा, सेन्ट्रल मलबाट साईन मोटरसाईकल १ वटा, सुरपस्प्लेण्डर मोटरसाईकल २ वटा र पल्सर मोटरसाईकल १ वटा, कोशी अस्पतालबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, गुद्रीबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, मालपोत कार्यालयबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, नापी कार्यालयबाट साईन मोटरसाईकल १ वटा र विराट टिचिङ अस्पतालबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा गरी १४ वटा मोटरसाईकल चोरी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्