विराटनगरका २० हजार घर–पसलले मात्रै लिएका छन् सरसफाई कार्ड, बाँकी ४० हजारले कहाँ फ्याक्छन् फोहोर ?

<span class='c1'>विराटनगरका २० हजार घर–पसलले मात्रै लिएका छन् सरसफाई</span> <span class='c2'>कार्ड, बाँकी ४० हजारले कहाँ फ्याक्छन् फोहोर ?</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जारी निर्देशिका कार्यान्वयनमा नागरिक आफैं असहयोगी बनेका छन् । विराटनगर महानगरपालिकाले फोहोरमैला निष्काशन, संकलन तथा अन्तिम बिसर्जन सम्बन्धी निर्देशिका २०६८ जारी गरेको थियो ।
निर्देशिका अनुसार महानगरपालिका भित्रको फोहोर व्यवस्थापनका लागि तीनवटा कम्पनीलाई तीन क्षेत्र विभाजन गरि ठेक्का सम्झौता गरेको छ । फोहोर व्यवस्थापनको जिम्मा लिएका कम्पनीहरुले महानगरपालिका भित्रका घर तथा पसलमा उत्पादन फोहोर संकलन गरेर त्यसको बिसर्जन गर्ने गर्दछन् ।

तर, विराटनगर भित्र रहेका ६० हजार घर तथा पसलमध्ये हालसम्म २० हजार घर तथा पसलले मात्रै सरसफाईका लागि सहयोग गरेर कार्ड लिएका छन् । महानगरपालिकाका शहरी स्वास्थ्य तथा सरसफाई व्यवस्थापन महाशाखा प्रमुख पुनम दाहालले नागरिक आफैं सचेत हुँदा मात्रै सफा र सुन्दर शहरको लक्ष्य पुरा हुने बताए । ‘विराटनगर भित्र घर वा पसलमा उत्पादन भएको फोहोर बिसर्जनस्थलसम्म पठाउनका लागि २० हजार घर तथा पसल आवद्ध छन्, बाँकी ४० हजार घर तथा पसलमा उत्पादन भएको फोहोर जथाभावी फ्याँकिन्छ’ महाशाखा प्रमुख दाहालले भने–सफा र सुन्दर नगरका लागि सबै घरमा उत्पादन भएको फोहोर बिसर्जन गर्नेस्थलसम्म पुग्नुपर्दछ ।

उनले बारम्बार फोहोर व्यवस्थापनका लागि सरसफाईको जिम्मेवारी लिएका कम्पनीसँग आवद्धता जनाउन आग्रह गरिएपनि अटेर गर्ने गरिएको बताए । त्यसका लागि महानगरपालिकाले फोहोरमैला व्यवस्थापन निर्देशिकालाई कडाईका साथ लागु गर्न जथाभावी फोहोर फ्याँक्नेमाथि निगरानी सुरु गरेको छ । दाहालका अनुसार आर्थिक वर्ष २०८०\०८१ मा ६९ जनालाई फोहोर जथाभावी फ्याँकेको आरोपमा कारवाही गरिएको छ । जसबाट एक लाख ६२ हजार जरिवाना भराईएको छ ।
‘हामीले भराएको जरिवाना बराबरको रकमले तीनवर्ष फोहोर व्यवस्थापनका लागि पुग्थ्यो’ उनले भने सरसफाई कार्ड लिएर फोहोर व्यवस्थापनमा सहयोग गरे वापत सभ्य नागरिकको पहिचान हुन्थ्यो र नगर सफा पनि ।

यो महिना महानगरपालिकाले आइतबार मात्रै फोहोर संकलन गर्ने तीन वटै (उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल, मध्यभागमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी क्षेत्र सगरमाथा मल्टिसप्लायस ) साझेदार कम्पनिसंग यस विषयमा थप छलफल गरेकोे छ । उक्त छलफलमा ब्यापार गर्ने ब्यवसायिहरुले बारम्वार अटेर गरेमा उक्त ब्यापारीको सटर केहिमहिनासम्म बन्द गरीदिने नियम ल्याउने तयारी भइरहेको दाहालले बताए । माहानगरले बारम्वार महानगरवासीलाई महानगर सरसफाइ सदस्य बन्न आग्रह गर्दा समेत अटेर गरेकोले नियममा बाँध्ने भएको छ ।

विराटनगर महानगरपालिका क्षेत्रभित्र रहेका प्रत्येक घर, पसल, होटल तथा रेष्टुरेन्ट, व्यवासायिक तथा औद्योगिक प्रतिष्ठान, शिक्षण संस्था, निजी तथा गैरसरकारी संस्था, कार्यालय, बैंक तथा वित्तीय संस्था, धार्मिकस्थल, सार्वजनिकस्थल आदिबाट उत्पादन हुने फोहोरमैलाको व्यवस्थापन गर्ने कार्यलाई प्रभावकारी बनाई फोहोरमैला संकलन, ढुवानी तथा अन्तिम विसर्जन गरी सडक तथा सार्वजनिकस्थल, चोक, गल्ली, खुल्ला क्षेत्र, उद्यान, नदी र नदी किनार आदिको सरसफाइ कार्यमा सुधार ल्याउने अभियानमा जुटेको छ ।

यसका लागि फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ५१ को उपदफा २ बमोजिम फोहरमैला व्यवस्थापन सम्बन्धीे निर्देशिका जारी गरिएको थियो । स्थानीय निकायले तोकिएको ठाउँ बाहेक जन स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी सडक वा अन्य सार्वजानिक स्थलमा कुनै पनि किसिमको हानीकारक फोहोरमैला राख्ने, फाल्ने, थुपार्ने वा निष्कासन गर्नेलाई ३० हजार देखि रु ५० हजारसम्म जरिवाना हुने उल्लेख छ । उक्त ऐनमा नगरपालिका क्षेत्र भित्र फोहोरमैला व्यवस्थापन तथा सरसफाईमा योगदान पुर्याउने कुनै व्यक्ति ,संघ, संस्था वा व्यवसायिक प्रतिष्ठान आदिलाई यथोचित पुरस्कार तथा सम्मान प्रदान गरिने भनेर उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्